पोखरामा तीन करदाता सम्मानित

समाचार बिज
  • ख-
  • ख+

पोखराः   ११ औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराले उत्कृष्ट तीन करदातालाई सम्मान गरेको छ ।

कार्यालयले गत आर्थिक वर्ष ०७८/०७९ मा सबैभन्दा बढी कर दाखिला गर्ने सफ्टवयरको कारोबार सेवा प्रदान गर्ने यार्सा ल्याब्स प्रालिका प्रतिनिधि किरण सापकोटा, मोटरगाडीको कारोवार गर्ने अटोवेज प्रालिका प्रतिनिधि नारायण पौडेल, कर्माचार्य वेक्स एण्ड फुड्स प्रालिका सञ्चालक विक्रम कर्माचार्य र उत्कृष्ट कर्मचारीका रुपमा नायब सुब्बा छाँया भट्टराईलाई ११ औं कर सप्ताहको अवसरमा सम्मान गरेको हो ।

गत आर्थिक वर्ष आन्तरिक राजश्व कार्यालय यार्सा ल्याब्स प्रालिले १ करोड ५३ लाख ७७ हजार २ सय ६९ रुपैयाँ आयकर दाखिला बुझाएको थियो । यस्तै कार्यालयका अनुसार अटोवेज प्रालिले १ करोड १३ लाख ४० हजार ४ सय ९७ रुपैयाँ र कर्माचार्य वेक्स एण्ड फुड्स प्रालिले २६ लाख ४६हजार ५ सय ९६ रुपैयाँ आयकर दाखिला गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्