क्यानडाबाट पोख्रेलको २०२३/२५ गैर आवासीय नेपाली संघको उत्तर अमेरिका क्षेत्रको क्षेत्रीय संयोजकमा उम्मेदवारी।

विज्ञान कार्की
  • ख-
  • ख+

गैरआवासीय नेपाली संघको  उत्तर अमेरिका क्षेत्रको २०२३/२०२५  का लागी क्षेत्रीय संयोजकको रुपमा राजेन्द्र पोख्रेलले उम्मेद्ववारी दिएका छन।

२०२१/२०२३ गैरआवासीय संघ क्यानडाको सचिव पदमा आफ्नो जिम्मेवारी नीभाइसकेका पोख्रेल विभिन्न समाजिक संस्थामा रही प्रवासमा बसेका नेपालीहरूको आवाज एकीकृत गर्न , प्रवासमा बसेका नेपालीहरूको आपतबिपततमा हातेमालो गर्दै आएका ब्यक्तित्व हून।

” नेपालीको अभियानलाई निरन्तरता दिंदै आगामी सम्बत २०२३/२५ को उतर अमेरिका क्षेत्रको क्षेत्रीय संयोजकको रुपमा उम्मीदवारी दिदै गर्दा  विगतमा जस्तै एनआरएनए  अभियन्ता र गैरआवासीय नेपाली सामाजिक अभियन्ताको निरन्तर सहयोग, सद्भाव र उत्प्रेरणाको लागि सम्बद्ध सबैसित हार्दिक अनुरोध गर्दछु । गैरआवासीय नेपाली संघको विधानमा रही उतर अमेरिका क्षेत्रकोको काम, कर्तव्य र अधिकार प्रयोग गरी र समस्त एनआरएनए अभियानको गरिमा बढाउने काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ”  पोख्रेलले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्