क्यानडाको क्यालगरीमा नेपथ्यको सांगीतिक कार्यक्रम आयोजना हुने

विज्ञान कार्की
  • ख-
  • ख+

क्यानडाको क्यालगरीमा नेपथ्यको सांगीतीक कार्यक्रम आयोजना हुने भएको छ।

नेपथ्य म्युजिक फर ह्युम्यानिटी नामक यस सांगीतिक कार्यक्रम दशैंको पूर्वसन्ध्यामा, पश्चिमी क्यानडाका दर्शकहरूको लागि दर्शकहरूको हृदय र आत्मालाई मोहित गर्न कार्यक्रम आयोजना गरेको आयोजकले जनाएको छ।

नेपाली संगीतमा नेपथ्यले निरन्तर लोकप्रियता र सामाजिक मान्यता प्राप्त गरेको छ। विगत २५ वर्षदेखि नेपथ्य प्रचलनमा रहेको छ ।

“यो कार्यक्रम ‘अ मोमेन्ट अफ प्योर जोय’ हुने आयोजकले जनाएको छ ।जसको उद्देश्य लेजेन्डरी ब्याण्ड नेपथ्यलाई सम्मान गर्ने र महान कार्यहरूमा उनीहरूको निरन्तर योगदान देखाउने छ। कन्सर्टले एकताको बन्धनलाई बलियो बनाउने र समुदायमा आबद्धताको भावना जगाउने, आगामी वर्षसम्म सम्झिने सामूहिक स्मृति उत्पादन गर्ने” आयोजक समितिका सूरज अधिकारीले भने।

कार्यक्रम १ अक्टूबर द प्यालेस थेटर क्यालगरीमा आयोजना हुने छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्