आनन्द ज्याेती माविमा विद्यार्थीहरुलाई स्वागत

समाचार बिज
  • ख-
  • ख+

आज मिति २०८० साल भाद्र २२ गते शुक्रवारका दिन यस विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । यस कार्यक्रमको सभापतिको रूपमा यसै विद्यालयकी कक्षा १२ मा अध्ययनरत छात्रा सुस्मिता तिवारी , प्रमुख अतिथि वडा नं ३१ का कार्यवाहक अध्यक्ष श्री देवेन्द्र राज अधिकारी, विशेष अतिथि आनन्द ज्योति मा०वि का वि.व्य.स अध्यक्ष श्री तीर्थराज अधिकारी, अतिथिको रूपमा विद्यालयका प्रधानाध्यापक श्री शिवराज अधिकारी, अतिथिका रूपमा +2 संयोजक श्री सत्यराज कडेल र अतिथिका रूपमा विद्यालयका सहायक प्रधानाध्यापक श्री गंगाराम रानाभाटले आ-आफ्नो तर्फबाट शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रमुख अतिथिले कार्यक्रमको भव्यतालाई प्रसंसा गर्दै आगामी वर्षमा प्रत्येक वर्ष यस्तै विदाई तथा स्वागत कार्यक्रमका लागि विद्यालयलाई रू.१०,०००। दिने घोषणा र प्रतिवद्वता जाहेर गर्नु भयो । विशेष अतिथि ज्यूले “शिक्षा नै सबै भन्दा ठुलो धन हो” जसको सहायताबाट व्यक्तिले जस्तो सुकै मुकाम हासिल गर्न सक्ने कुरा बताउँदै विद्यार्थीहरूलाई शैक्षिक यात्रामा मेहेनेतका साथ अघि बढ्न प्रेरित गर्नु भयो । त्यसरी नै विद्यालयका प्रधानाध्यापक ज्यूले आनन्द ज्योति लाई शैक्षिक थलो रोजेकोमा कहिल्यै पनि विद्यार्थी र अभिभावकहरूले पछुताउनु नपर्ने र विद्यार्थीको शैक्षिक उन्नयनका लागि गुणस्तर वृद्विका लागि विद्यालय प्रशासन नचुक्ने पछि नहट्ने बताउनु भयो । +2 संयोजक ज्यूले +2 तर्फ विद्यालयको शैक्षिक ईतिहास गर्वीलो रहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आफू लगायत सम्पूर्ण टिम लाग्ने बताउँदै कार्यक्रमलाई भव्यताका साथ सफल बनाउनु भएकोमा आयोजक टिम र यस कार्यक्रमको नेतृत्व लिनुभएका +2 सह- संयोजक श्री सविनचन्द्र तिवारी सरको खुल्ला मुक्त कण्ठले प्रशंसा गर्नुभयो ।

त्यसरी नै सह-प्रधानाध्यापक ज्यूले अनुशासन नै विद्यार्थीको सबै भन्दा ठूलो र अमूल्य सम्पत्ति रहेको बताउनु भयो । विद्यार्थीहरूको तर्फबाट कक्षा १२ का बहिनीहरू दोय प्रतिक्षा सुवेदी र सरिना तिवारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कक्षा ११ बाट प्रसन्नताका साथ धन्यवाद दिदै बहिनी सम्झना खत्रीले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको संचालन कक्षा १२ का भाई बहिनी विकास थापा र मोनिका थापाले गर्नुभएको विद्यालयका लेखा प्रमुख सुवास ढकालले जानकारी दिनु भयाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्