दिवाकर भट्टराईको निर्देशनमा फिल्म ‘मायावी’ बन्ने

समाचार बिज
  • ख-
  • ख+

दिवाकर भट्टराईको निर्देशनमा फिल्म ‘मायावी’ बन्ने भएको छ।

कृष्ण जन्माष्टमीको अवसर पारेर फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। फिल्मको कथा निर्देशक भट्टराईले तयार पार्नेछन्।

प्रेमकथामा बन्ने फिल्ममा तीन अभिनेता र दुई अभिनेत्री रहने बताइएको छ। फिल्ममा एक अभिनेत्री दीपिका प्रसाईं अनुबन्धित भइसकेकी छन्। फिल्म ‘ऐश्वर्या’ पछि दिवाकर र दीपिकाको यो दोस्रो सहकार्य हो।

फिल्मका अन्य कलाकार र प्राविधिक चाँडै सार्वजनिक गरिने निर्देशक भट्टराईले जानकारी दिए।

क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्ममा एसडी योगीको संगीत, राम थापा अविरलको गीत रहनेछ। फिल्म असोज २ गतेबाट छायांकनमा जानेछ।

भट्टराईले फिल्म ‘मेरो जीवन साथी, स्टुपिड मन, ड्रिम्स, ऐश्वर्य र क्याप्टेन’ निर्देशन गरिसकेका छन्। उनले पछिल्लो समय फिल्म ‘क्याप्टेन’ निर्देशन गरेका थिए।

mayabi-1693998894.jpg

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्