नेपालमा सेरेस मिनी इभी सार्वजनिक

समाचार बिज
  • ख-
  • ख+

नेपालमा सेरेस मिनी इभी सार्वजनिक भएको छ। नेपालमा विद्युतीय सवारी ल्यान्डस्केपलाई अझ विस्तार गर्ने क्रममा एमएडब्लु अटोकर्पले विश्वव्यापी रूपमा प्रशंसित यस इभी सार्वजनिक गरेको हो।

यो सँगै नेपाली ग्राहकहरूले एउटा उत्कृष्ठ इलेक्ट्रिक गाडीको अनुभव गर्न पाउनेमा एमएडब्लु ग्रुप विस्वस्त छ।

मिनी इभी विशेष डिजाइन प्रयोग गरी बनाइएको हो जुन विद्युतीय स्केटबोर्ड जस्तै छ। यो डिजाइनले मिनी इभीलाई प्रशस्त र स्मार्ट इन्टेरियर बनाउन खोजिएको छ।

यसमा १७ बलियो प्यानलहरू जडान गरिनुका साथै ३९ कठिन परीक्षणहरू पार गरी गाडी र ब्याट्री दुवै सुरक्षित छन् भनी सुनिश्चित गरिएको कम्पनीको भनाइ छ।  यस मिनी इभीमा १६.८ र १३.८ केडब्ल्युएच ली–आयन ब्याट्री विकल्पहरू पाउनुका साथसाथै गाडीले १८० किमी देखि २२० किमीको रेन्ज प्रदान गर्दछ।

गाडीमा भूगोल र अवस्था हेरेर ह्याण्डलिङको लागि २ वटा ड्राइभ मोड प्रदान गरेको छ र रिजेनेरेटिभ ब्रेकिङ्गको पनि व्यवस्था छ।

साथै, यस गाडीमा फ्रन्ट एयर ब्याग, एबिएस, इबिडी, हिल स्टप/स्टार्ट, अटो होल्ड, पार्किङ ब्रेक, सिट बेल्ट, पार्किङ क्यामेरा र सेन्सर, टिपिएमएस तथा आइएसओ फिक्स चाइल्ड सिटका साथसाथै ८.८ इन्चको टच स्क्रिन इन्फोटेमेन्ट सिस्टमको व्यवस्था गरिएको छ।

यस इभीमा आरामदायी र फराकिलो इन्टेरियरका साथै चार जनाका लागि सिट छ। र पछाडिको सिटहरू ५०:५० अनुपातमा एडजस्ट गर्न सकिनुका साथसाथै आवश्यक भएमा थप फराकिलो बनाउन सकिन्छ।

यसमा ८.८ इन्च टचस्क्रिन ड्यासबोर्ड जडान गरिएको छ जसमा प्रयोगकर्ताहरूले एप्पल कारप्ले तथा एण्डरोइड अटो प्रयोग गर्न सक्नेछन्।

साथै, यस गाडीमा ७ इन्चको अर्को स्क्रिन पनि जडान गरिएको छ जसमा गाडीको थप विवरणहरू देखिन्छ। जसले प्रयोगकर्ताहरूलाई आरामदायी र अन्तर्क्रियात्मक अनुभव प्रदान गर्दछ।

विशेषगरी सहरी यात्रुहरू लक्षित यस गाडीले १००० किलोमिटर १००० रुपैयाँको चार्जिङ लागत प्रदान गर्ने कम्पनीको भनाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्