कास्की आदर्श समाज बहराइन द्वारा विद्यार्थीहरुलाई पोसाक बितरण

समाचार बिज
  • ख-
  • ख+

कास्की जिल्ला घर भई वैदेशिक रोजगारी तथा अन्य पेशा व्यवसायको शिलसिलामा मध्यपूर्वको बहराईनमा बसोबास गर्नुहुने कस्केलीहरूलाई संगठित गरेर सन् २०१९ जुलाई ५ तारिकका दिन स्थापना भएको कास्की आदर्श समाज बहराईनले स्थापना कालदेखि नै आफ्नो कर्मदेश बहराईन र गृहजिल्ला कास्कीमा विभिन्न सामाजिक तथा परोपकारी कार्यहरू गर्दै आइरहेको छ। यसै क्रममा कास्की जिल्लाका ग्रामीण भेगका (खासगरी सामुदायिक स्कूल) स्कूलहरुमा बार्षिक रुपमा केही सहयोग गर्ने हेतुले शुरूआति चरणमा नेपाली रुपैयाँ ३०००००.००० (तिनलाख रुपैयाँ) को शैक्षिक अक्षय कोष स्थापना गरेको छ।सोही योजना अनुरुप हिजो मिति भाद्र २ गते तदनुसार १८ अगष्ट २०२३ का दिन कास्कीको अन्नपूर्ण गाउँ पालिका-६ चन्द्रकोट स्थित श्री संगम माध्यमिक विद्यालयका ४७ छात्र छात्राहरुलाई रू. ७५०००.००० (पचहत्तर हजार रुपैयाँ) बराबरको स्कूल पोशाक बितरण गरेकोछ।

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद नेपालको सजाहिकरणमा र स्कूल व्यवस्थापन समितिको आयोजनामा स्कूल परिसरमा एक विशेष कार्यक्रम गरी कास्की आदर्श समाज बहराईनका वर्तमान संरक्षक श्री शिवशंकर आचार्य ज्यू र संस्थापक संरक्षक एबं बरिष्ठ समाजसेवी श्री गम बहादुर गुरुङ्ग ज्यूको उपस्थितिमा विद्यार्थी भाई बहिनीहरूलाई ड्रेस हस्तान्तरण गरिएको थियो। स्कूल व्यवस्थापन समिति एबं विद्यालयका प्रधानाध्यापकज्यूले प्रवासमा आफूले मेहेनतले कमाएको पैसाबाट कटाएर यसरी बाल बालिकाहरू लाई सहयोग गर्नुभएकोमा कास्की आदर्श समाज बहराईन परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्