बङ्गलादेशबाट ७ सय पर्यटक नेपाल आउने, पञ्चे बाजा बजाएर स्वागत गरिने

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ । बङ्लादेशबाट पहिलोपटक एकैपटक करिब ७ सय पर्यटक नेपाल आउने भएका छन् । भाद्र १ गते र २ गते गरि फरक फरक विमानमार्फत ७ सय बङ्गाली पर्यटक नेपाल आउन लागेको पर्यटन बोर्डले जानकारी दिएको हो ।

योसँगै पर्यटन बोर्डले शुक्रबार पहिलो लटमा नेपाल भित्रिने बंगलादेशी पर्यटकलाई पञ्चे बाजा बजाएर स्वागत गरिने जनाएको छ । पर्यटक शुक्रबार बिहान ११ः ३० बजे त्रिभुवन विमानस्थल अवतरण गर्नेछन् । यसै अवसरमा बोर्डले पत्रकार सम्मेलनको आयोजना समेत गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्