लेउवा संघको कार्यसमिति सदस्यमा जनकराज तिवारीले उम्मेदवारी

समाचार बिज
  • ख-
  • ख+

समाचार बिज

लेखनाथ – लेखनाथ उद्योग वाणिज्य संघको आसन्न १४ औ महाधिवेशनमा युवा ब्यबसायी जनकराज तिवारीले कार्यसमिति सदस्य पदमा उम्मेद्वारी दिने भएका छन्।

२०६२ साल देखि भिडियो तथा फोटोग्राफर मार्फत ब्यबसायिक जीवन सुरु गरेका तिवारीले संघमा विभिन्न उमसमितिमा रहेर काम गरेको अनुभव बटुलेका छन्।

फोटोग्राफर संघ कास्कीका पुर्व अध्यक्ष समेत रहेका उनि लेखनाथ जेसिजको उपाध्यक्ष तथा बिभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध रही योगदान गरेका छन्।

साना तथा सेवा मुलक ब्यबसायीको पिर मर्का राम्रो संग बुझेका तिवारीले व्यवसायीको नेता भएर उनीहरुको आवाजलाई सरोकार वाला समक्ष पुर्याउन भूमिका खेल्ने बताए। नयाँ ब्यबसायी हरुलाई ब्यबसाय दर्ता गर्न देखि कर शिक्षाको जानकारी, सेवा मुलक ब्यबसायको मुल्यमा एकरुपता कायम गर्न पहल लगायतका काम गर्ने उदेश्य रहेको उनि बताउछन।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्