जिम्नासियाड २०२३ का लागी नेपाली टोली ब्राजील प्रस्थान

विज्ञान कार्की
  • ख-
  • ख+

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घीसीङ्ग  सदस्यद्वय अञ्जन धमला र प्रकाशकुमार कुसारी, नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठ,नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले आईएसएफ यु–१५ जिम्नासियाडमा सहभागी हुने ३२ सदस्यीय नेपाली टोलीलाई बिदाइ गर्नु भएको छ ।

अगष्ट १९ देखि २७ तारिखसम्म ब्राजिलको रियो दि जेनेरियोमा हुने जिम्नासियाडमा समावेश विभिन्न ३२ खेल मध्ये नेपालले ५ खेलमा सहभागिता जनाउने छ ।
नेपालले थ्री बाइ थ्री बास्केटबल, बक्सिङ, पौडी, टेबलटेनिस टेनिस र तेक्वान्दोमा प्रतिस्पर्धा गर्ने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्