सरकारले राष्ट्र बैंकलाई दियो ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने स्वीकृति

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ । सरकारले ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ ।

मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै  सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले राष्ट्र बैंकलाई ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न स्वीकृति दिइएको जानकारी दिएकी हुन् । उनले अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्री परिषद्ले उक्त स्वीकृति दिएको बताइन् । उनले मन्त्रीपरिषद्ले साइबर सुरक्षा नीति पनि स्वीकृत गरेको बताइन् ।

उनले भनिन्,‘अर्थ मन्त्रालयको प्रस्तावमा रु ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय भएको छ । साइबर सुरक्षा नीति स्वीकृत भएको छ । बैंकिङ कसुर तथा सजाय सम्बन्धी विधेयक संसदमा पेश गर्न स्वीकृत दिइएको छ ।’

मन्त्री शर्माले बैंकिङ कसुर तथा सजाय सम्बन्धी विधेयक संसदमा पेश गर्न पनि मन्त्री परिषद्ले स्वीकृत दिइएको बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्