हिताचीले नेपाली बजारमा ल्यायो नयाँ वासिङ मेसिन, रेफ्रिजेरेटर र राइस कुकर

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । युनिभर्सल इलेक्ट्रोकम प्रा.लि, नेपालको लागि हिताची होम अपलायन्सको आधिकारिक वितरक, ले थप चारवटा विशेष होम अपलायन्सको उत्पादनका विभिन्न प्रकारहरु नेपाली बजारमा ल्याएको छ । हिताचीका नयाँ उत्पादनहरुको उद्घघाटन संयुक्त रुपमा अर्सेलिक हिताचीका एक्सपोर्ट सेल्स हेड  एल्भिन थाम, यूनिभर्सल इलेक्ट्रोकमका कार्यकारी निर्देशक सञ्जय अग्रवाल र महाप्रबन्धक आयास जोशीद्वारा अनावरण गरिएको छ । कम्पनिले नवप्रवर्तन र ग्राहकको खुशीको लागि आफ्नो प्रतिबद्धता जनाउँदै, नवीन प्रविधि युक्त दुई वासिंग मेसिन, एक डबल–डोर फ्रिज र राइस कुकर सहित चार वटा नयाँ हिताचीका उत्पादनहरू बजारमा भित्राएको छ ।

हिताची वासिंग मेसिन नयाँ अनावरणको मुख्य आकर्षण रहेको छ । यसमा प्रयोगकर्ता–मैत्री डिजाइनको साथमा उन्नत प्रविधिको संयोजन सहितको सुविधाहरू समावेश गरिएको बताइएको छ । यस वासिंग मेसिन दुई ओटा भिन्न मोडलहरुमा उपलब्ध हुने छन् – जसमा ८ केजीको क्षमता BD–802HVOS मा रहेको छ भने ९ केजीको क्षमता BD–904HV0S मा रहेको छ । यी दुवै मोडेलहरुमा फुल अटोमेटिक र फ्रन्ट–लोडिङको प्रभावकारी विशेषता रहेको छ जसले गर्दा झन्झटमुक्त लुगा धुने अनुभव प्रदान गर्नेछ । साथमा स्टीम फंक्शन, ट्याङ्गल–फ्री फिनिश डिजाइन, र “एड गार्मेन्ट ड्युरिङ वाश” सुविधाको साथ, लुगा धुन अझै सजिलो हुनेछ ।

यी दुवै फ्रन्ट–लोडिङ, पूर्ण स्वचालित वासिंग मेसिनहरू, नवीन प्रविधि र प्रयोगकर्ता–केन्द्रित सुविधाहरूको संयोजनको साथ डिजाइन गरिएको छ जसले गर्दा कपडा धुने अनुभवलाई पुनः परिभाषित गर्नेछ । यी वासिंग मेसिनहरूले दाग–धब्बा हटाउने (-Stain Optimization), प्रि–वास र बेबी केयर विकल्पहरू सहित १६ विभिन्न प्रोग्रामहरूको साथ लुगा धुने मागहरूको विस्तृत दायरा पूरा गर्छन् ।

हिताची डबल–डोर फ्रिज, मोडेल HRTN5275MFPSVKH, आधुनिक रेफ्रिजरेसन प्रविधिको चमत्कार हो । खानालाई लामो समयसम्म ताजा र स्वादिष्ट राखेर, यो फ्रिजले खाद्य संरक्षणलाई पुनः परिभाषित गर्दछ । यो रेफ्रिजरेटरमा २७५ लिटरको विशाल क्षमता छ , चिसो हावा वितरणको लागि राउण्ड एयर कुलिङ तथा गन्ध र ब्याक्टेरियाबाट छुटकारा पाउन ट्रिपल पावर फिल्टर जडित छ । फ्रिजमा तातो र स्क्र्याच–प्रतिरोधी टेम्पर्ड ग्लास शेल्फहरू पनि रहेको र प्रत्येक सेल्फहरुमा १०० के. जी. सम्मको भार थेग्न सक्ने क्षमता रहेको बताईएको छ ।

हिताची राइस कुकर, मोडल RZ–S18MM W हालै मात्र थपिएको हिताचीको नयाँ उत्पादन हो । यसको उत्पादन खाना पकाउने दिनचर्यालाई अझै सहज र सजिलो बनाउन गरिएको हो । यो ८००–वाट को राइस कुकरमा १.८ लिटर क्षमता रहेको छ र यसमा रहेको 3D हिटिङ एलेमेन्टले जुनसुकै बेला चामल पाक्ने सुनिश्चित गर्दछ ।

१२ –घण्टा सम्म खाना ताती रहने विशेषताले खानालाई दिनभर तातो र ताजा राख्छ भने १.५ मिमी नन–स्टिक भित्री भाँडोले खाना पस्किन र सरलताका साथ सफाई गर्न मदत गर्दछ । यसका सरल फंङ्सन बटनहरू,LED light डिस्प्ले र स्वचालित यान्त्रिक खाना पकाउने विधिले गर्दा, जसले पनि निर्बाध तरिकाले स्वादिष्ट खान पकाउन सक्छन् ।

युनिभर्सल इलेक्ट्रोकम प्रा. लि. ले हिताचीको नयाँ उत्पादन लाइन सार्वजनिक गरेसँगै नेपाली घरपरिवारका लागि महत्वपूर्ण प्राविधिक फड्को मारेको बताइएको छ । राइस कुकर, वासिंग मेसिन, र डबल–डोर रेफ्रिजरेटरहरू सबैले तिनीहरूको अत्याधुनिक सुविधाहरू र प्रयोगकर्ता–अनुकूल डिजाइनहरूको साथ समकालीन जीवनको लागि स्तर बढाउने लक्ष्य राख्छन् । यस कार्यक्रममा एल्भिन थामको उपस्थितिले ब्रान्डको गुणस्तर प्रतिको समर्पणलाई उजागर गर्दछ र ग्राहकहरूलाई यी उपकरणहरूले उहाँहरूको अपेक्षाहरू पूरा गर्ने र राम्रो परिणाम दिने ग्यारेन्टी दिने कम्पनीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्