लेखनाथ, ४ साउन । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा युवा व्यवसायी भरत अधिकारीले उम्मेदवारी दिने भएका छन् । आगामी भदौ २२ र २३ गते हुने संघको १४ औं अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन् ।
उद्योगी व्यवसायीको भावना अनुसार आफूले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको अधिकारीले जानकारी दिए । आफूले संघमा २ कार्यकाल कार्यसमिति सदस्य, २ कार्यकाल उपमहासचिव र एक कार्यकाल महासचिव भएर काम गरिसकेको अनुभव रहेको बताउँदै एक कार्यकाल सल्लाहकार समेत रहेर काम गरेको बताए ।
युवाहरु विदेशीने क्रम वर्षेनि वृद्धि हुँदै गएको बताउँदै अधिकारीले युवाहरुलाई स्वदेशमा नै बसेर व्यवसाय गर्नका लागि प्रेरीत गर्नु नै आफ्नो मूख्य उद्धेश्य रहेको अधिकारीले बताए ।
‘ अहिले देशमा आर्थिक मन्दी देखिएको छ । यो विषम परिस्थितिमा व्यवसायीहरुको हकहितमा काम गर्ने गरी योजनाहरु बनाएको छु,’ उनले भने, ‘संघलाई नयाँ उचाईमा पु¥याउन मेरो सक्रियता निरन्तर रहन्छ ।’
संघमा आफूले पु¥याएको योगदान र अध्यक्ष भएर काम गर्नसक्ने क्षमता समेतलाई मध्यनजर गरी संघका सदस्यहरुले आफूलाई न्याय गरी अध्यक्षमा पदमा निर्वाचित गराउनेमा विश्वस्त रहेको अधिकारीले बताए ।