गण्डकी बहुप्राविधिक शिक्षालयमा निशुल्क कम्प्युटर तालिम

समाचार बिज
  • ख-
  • ख+

पोखरा, २१ बैशाख
एसइइ परिक्षा दिएर बसेका बिद्यार्थीलाइ लक्षीत गर्दै गण्डकी बहुप्राविधिक शिक्षालय पोखराले निशुल्क तीन महिने कम्प्युटर तालिम संचालन शुरु गरेको छ । उक्त तालिमका लागि शिक्षालयमा प्रशिक्षार्थी अभिमुखिकरण सम्पन्न भएको छ ।
व्यवहारिक शिक्षा र रोजगारमुखि सिप प्रवद्धनका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटसँगको साझेदारीमा पोखरा महानगरपालिका द्धारा गण्डकी बहुप्राविधिक शिक्षालय,संचालित छ । बिभिन्न प्राविधिक विषय अध्यापन सँगै सिइिभिटि को पाठ्यक्रममा आधारित लामो तथा छोटो अवधीका तालिमहरु यस शिक्षालयले प्रदान गरिरहेको छ ।
यसैविच, एसइइ दिएर बसेका बिद्यार्थीको फुर्सदको समयलाइ उत्पादनमुलक बनाउने उद्देश्यले यसै वर्ष देखि कम्प्युटर तालिम संचालन गरिएको शिक्षालयका निर्देशक लक्षमण तिमिल्सनाले बताउनुभयो । निर्देशक तिमिल्सनाका अनुसार, सिटिइभिटी को पाठ्यक्रम अन्तर्गत ३९० घण्टाको छोटो अवधी तालिमका रुपमा यो कार्यक्रम ल्याइएको हो ।
यहि बैशाख २४ गते देखि दैनिक रुपमा संचालन हुन लागेको उक्त तालिमका लागि बिद्यार्थी छनौट लगायतका संपुर्ण प्रक्रियाहरु पुरा भइसकेको शिक्षालयले जनाएको छ । तालिमका लागि यहि महिनाको शुरुवातमा आवेदन माग गरिएको थियो । तालिमका लागि डेढसय जनाले आवेदन दिएका थिए । उक्त आवेदनहरु मध्य, सिटिइभिटि तालिम योग्यता मापदण्ड पुरा गरेका व्यक्तिहरु ६० जनालाइ तालिमका लागि छनौट गरिएको छ ।
तालिमका लागि आवेदनसँगै जन्मदर्ता प्रमाणपत्र, एसइइ प्रवेशपत्र र वडाको सिफारिस संकलन गरिएको थियो । छनौटमा परेका उक्त ६० जना प्रशिक्षार्थिहरुलाइ दैनिक ३ सिफ्टमा ४ जना प्रशिक्षकले तालिम दिनेछन् । यस्तो तालिम एसइइ लगत्तै हरेकवर्ष संचालन गरिने पनि शिक्षालयले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्