रामपुरमा क्याम्पस प्रमुखको मिलेमतोमा बुथकब्जा – नेवीसंघका विद्यार्थीमाथि कुटपिट

समाचार बिज
  • ख-
  • ख+

चितवन । रामपुर कृषि क्याम्पस, खैरहनी, चितवनमा स्ववीयू निर्वाचनमा निर्वाचन अधिकृत र क्याम्पस प्रमुखको मिलेमतोमा नेपाल विद्यार्थी संघ इकाइ सभापति एवम् स्ववीयू सभापति उम्मेदवार आशिष देवकोटामाथि मरणासन्न हुने गरी घाइते पारी बुथ कब्जा गरेर आफू सुहाउँदो नतिजा प्रकाशन गरिएको छ।

नेपाल विद्यार्थी संघको उपस्थित बिना माओवादी निकट विद्यार्थी संघठन  क्रान्तिकारी र एमाले निकट विद्यार्थी संघठन अनेरास्ववीयूबीच तालमेल गराई अखिल संयुक्त नाम राखी निर्वाचन गरिएपछि नेपाल विद्यार्थी संघ इकाइ सभापति एवम् स्ववीयू सभापति उम्मेदवार आशिष देवकोटा र निवर्तमान इकाइ सभापति सुरज यादवले रोक्न खोज्दा प्रहरी प्रशासनले मरणासन्न हुने गरी घाइते पारी आफू अनुकूल नतिजा प्रकाशन गरेको हो ।

वर्तमान क्याम्पस प्रमुख मिलन सुवेदी र निर्वाचन अधिकृत सूर्यप्रसाद भट्ट, अनेरास्ववियु क्रान्तिकारी रामपुर क्याम्पस क्रमशः पूर्व अध्यक्ष र सचिव भइ हाल उक्त क्याम्पसमा प्राध्यापक छन् ।

उक्त क्याम्पसमा जम्मा २४१ जना मतदातामा १२० जनाको मतको आधारमा आफू अनुकूल नतिजा प्रकाशन गरी स्ववीयू सभापतिसहित प्यानल विजयी घोषणा गरिएको छ।

घाइते आशिष देवकोटा र सुरज यादव चितवन मेडिकल कलेजको इमरजेन्सी वार्डमा उपचाररत छन् । आशिष देवकोटाको अवस्था गम्भीर रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्