हुन्डाईको प्रिमियम र हाइटेक फिचर भएको अफरोड एसयुभी ‘मुफासा’ को कन्सेप्ट सार्वजनिक

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। हुन्डाई मोटोर ग्रुपले प्रिमियम र हाइटेक फिचर लोडेड अफरोड मिडसाइज एसयुभी ‘मुफासा’ को कन्सेप्ट सार्वजनिक गरेको छ। कम्पनीले बुधबार अफरोड एसयुभी मुफासाको कन्सेप्ट सार्वजनिक गरेको हो।

यो गाडी ब्ल्याक फिनिस भएको ठूलो आकारको फ्रन्ट ग्रील, मेटालिक सेड भएको प्रोमिनेन्ट फ्रन्ट बम्पर, एग्रेसिभ लाइटिङ देख्‍न सकिने कम्पनीले जनाएको छ। साथै, रियर विन्डोमा स्पोर्टी एसयुभी देखाउने ग्रील प्रयोग भएको छ। यसको बडी प्रोफाइल निकै आकर्षक देखिन्छ। त्यस्तै, रियरमा फुलविथको एलइडी टेल लाइट तथा चंकी बम्पर उपलब्ध हुने उक्त कन्सेप्टमा देखाइएको छ।

हुन्डाईले यसको अहिले उत्पादन गरिरहेको र यसको फाइनल प्रोडक्ट सन् २०२३ मै विश्व बजारमा जाने कम्पनीले जनाएको छ।

कम्पनीले यसलाई अफरोड एसेसरिजसहित देखाएको छ। यसलाई कम्पनीले हुन्डाईको एड्भेन्चर मोडल पनि भनेको छ।

यसको साइडमा अर्मोड स्टाइलको प्यानेलीङ, बाक्लो ह्वील आर्क, ब्ल्याक आउट पिल्लर, एलइडी लाइटसहितको फंगसनल रुफ र्‍याक, अलटेरेन टायरसहितको १८ इन्चको ह्वील रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्