तनहुँ–१ को उम्मेदवारका लागि कांग्रेसका १३ जनाले दिए दरखास्त

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । वैशाख १० गते तनहुँमा हुने उपनिर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेसका १३ जनाले दरखास्त दिएका छन्। तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य क्षेत्रीय कार्य समितिले आवेदन माग गरेको अन्तिम दिन शनिबार सम्ममा सो सङ्ख्यामा उम्मेदावरी दिएका हुन्।

शुक्रबार ६ जना र शनिबार सात जनाले उम्मेदावारी दिएको कांग्रेसका क्षेत्रीय सचिव दयानिधी नरालले बताए । उनका अनुसार केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्व जिल्ला सभापति रघुनाथ पौडेल, महाधिवेशन प्रतिनिधिहरु रामचन्द्र अधिकारी, दीपक भट्टराई, लक्ष्मी आचार्य र आँबुखैरेनी सभापति विष्णु पन्तले शुक्रबार दरखास्त दिएका छन् । यस्तै शनिबार संविधान सभा सदस्य रामचन्द्र पोख्रेल, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, क्षेत्रीय सभापति श्यामकुमार मौरती, पूर्व सचिव समुन्द्र गोदार, नेताहरु डोबाटे विश्वकर्मा, सरिता गुरुङ र अर्जुनबहादुर अधिकारीले दरखास्त दिएका छन् ।

तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यहाँ उपनिर्वाचन हुँदैछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्