पाेखरा १३ द्वारा क्रिकेट खेलाडीकाे सम्मान

समाचार बिज
  • ख-
  • ख+

पाेखरा महानगर वडा नं १३ वाट क्रिकेटको राष्ट्रिय टिमका खेलाडी करण केसीलाई गरेकाे छ । उक्त कार्यक्रम मा वाेल्दै वडा अध्यक्ष किरण वरालले आफ्नै १३ को वडा कार्यालय प्राङ्गणमा खेलाडी केसी, हजुरआमा र आमालाई सम्मान गर्न पाउँदा हामी वडाबासी हर्षित छौ । पुरानो घर बाग्लुङ निवासी हाल वडा १३ मा बसोबास गर्दै आएका केसीलाई सम्मान गरेका हौ । उनको खेल क्षेत्रमा उज्वल भविष्यको कामना पनि गर्दछौ ।
राष्ट्रलाई उनले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ । उनीजस्ता खेलाडीलाई सम्मान गर्न पाउँनु हाम्रो लागि अहोभाग्य हो । खेलाडीलाई गरिएको सम्मानले उनलाई थप हौसला मिल्ने आशा गरेका छौ । खेलले राष्ट्रलाई जोड्छ । सिमाना फरक भए पनि खेलले सधैँभरी मनलाई जोड्छ । विश्वबन्धुत्वको भावनालाई पनि जोड्ने भएकाले खेलाडीलाई सधैँभरी सम्मान गरिरहन पाउ भन्ने हाम्रो कामना छ ।

साेहि कार्यक्रममा सम्मानित खेलाडी केसीले सम्मानित हुन पाउँदा खुशी व्यक्त गर्दै सम्मान खेल क्षेत्रमा थप राम्रो खेल्न प्राेत्साहन मिलेकाे धारणा व्यक्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्