स्व.बि.यु निर्वाचनमा ने.बि.संघलाई नै मतदान किन ?

समाचार बिज
  • ख-
  • ख+

लामो समय सम्म त्रिभुवन बिश्वबिधालयमा रोकिएको  स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यहि चैत ५ गते हुदैछ । विभिन्न संघ र सङ्गठनले आफ्नो समूह दर्ता गराई स्व.बि यु निर्वाचनमा भाग लिदैछन । मुलत यस पालीको निर्वाचनमा पनि ने.बि.संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारी बिच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थीको एउटा  साझा सस्था को जस्ले विद्यार्थीका शैक्षिक एजेन्डाका बारेमा बोल्दै आईरहेको छ । स्व.वि.यु निर्वाचनमा भाग लिने विभिन्न संघ/सङ्गठन मध्ये  एउटा महत्वपुर्ण र शक्तिशाली सङ्गठन हो नेपाल विद्यार्थी संघ। अरु भन्दा फरक शैली , लोकतान्त्रिक पद्धतिमा बिश्वास गर्ने  र विद्यार्थीका समस्याका बारेका डटेर बोल्न सक्ने ल्याकत राख्ने  भएर नै यो शक्तिशाली सङ्गठनका रुपमा परिचित छ ।

नेपाल विद्यार्थी  संघ(ने.बि.संघ) क्रान्तिको बिगुल हो ,जुन निरंकुश पन्चायती ब्यवस्था विरुद्ध देखि  मण्डले सफाइ  हुँदै ०६२/०६३ को जनआन्दोलन जस्ता ठुला  ठुला  सुनौलो  बिहानी उदय गराउने कार्यमा अहम भुमिका  निर्बाह गर्ने एउटा  शक्तिशाली  बिद्यार्थी  संगठन हो।तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको बेलामा नेपाली काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी सङ्घको स्थापना वि. सं. २०२७ सालमा गरिएको थियो। ने बि संघको  रक्तरन्जित  झन्डामा कलम सहित मशाल  पनि प्रयोग  गरिएको छ जसको अर्थ विद्यार्थीले आफ्नो हक र अधिकार प्राप्ति गर्न कहिले कलम त कहिले मसाल को प्रयोग  गर्न सक्छन् भन्ने हो ।

नेपाल विद्यार्थी संघ निरंकुश, अधिनायकवादी र सामन्तीहरुको विरुद्धमा जनता र विद्यार्थीको हक हितको निम्ति टाउकोमा कफन बाधेर आफ्ना संघर्षका यात्राहरु गर्दै आईरहेको  शक्तिशाली विद्यार्थी सङ्गठन हो  जसले आफ्नो नीति पद्धति र बिधानमा रहि मानव अधिकार, लोकतन्त्र, सामाजिक सदभाव, स्वतन्त्र न्याय, बिधिको शासन, सुशासन, सामाजिक न्याय र प्रेस स्वतन्त्र लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनिती, आर्थिक , शैक्षिक एवं आदर्श मुलक रास्ट्र निर्माणको अग्रगामी भुमिका निर्बाह गर्दै आईरहेको छ । धेरै टाढा नगई बिगतलाई हेर्ने हो भने २/३ को कम्युनिस्ट सरकारले जनअपेक्षित  कार्य हरु गर्न  नसक्दा र आफ्नै घर झगडा मा ब्यस्त हुदै गर्दा तथा   मुलुकलाई बढ्दो  भ्रष्टाचार जन्य कार्य जस्तै  वाइडबडी जहाज काण्ड ,नेपाल टेलिकमको अरबौ भष्टचार,  , सेकुरिटी प्रीन्टिङ मेसिन खरिद ,यति घोटाला (नेपाल ट्रष्ट), बिजुली बस काण्ड देखि कोरोनाको कहरको बिच ओम्नि काण्ड देखि देश र जनताको बलिदानि ले आएको गणतन्त्र लाई भ्रष्ट के पि ले  गरेकाे प्रहार  गर्ने क्षण सम्म आइपुग्दा , तिनै घटनाहरूको बारे बोल्दै  भ्रष्टाचारको भण्डाफोर गर्ने देखि हरेक  विषयमा  ने बि संघको भुमिका प्रभावकारी  भुमिका खेल्दै आईरहेको छ । गर्बिलो इतिहास  , लाखौं  बिद्यार्थी  हरु को जग र आम जनसमुदाय  को  भरोसा  पनि रहेको यस सङ्गठनले विभिन्न समयमा सरकारले जनअपेक्षित  काम गर्न नसक्दा जनताको व्यक्तिगत जीवनसँग जोडिएका विषयलाई ध्यान दिई काला कर्तुत लाई उजागड गर्दै बौद्धिक बहसको छातामुनि ल्याउने काम  गरिरहेको छ।

हिजोको दिनमा  नेपाल  विद्यार्थी  संघले पुतलीसडक, रत्नपार्क र प्रदर्शनीमार्गको सडक तताउने काम गर्दथियो भने आज देशभरका स्कुल र कलेजका विद्यार्थीको दिमाग भर्ने गरी वैचारिक अभियान  चलाईराखेको छ ।
स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थी हरुको साझा सस्था हो निर्वाचनको संघारमा रहेकै बेला विद्यार्थीहरुलाई आफुले कस्तो खालको  प्रतिनिधि रोज्ने र कुन  संघसंगठनको प्रतिनिधि रोज्ने दुबिधा हुँदै गर्दा स्व.बि. यु स्थापना काल देखि आज सम्म आईपुग्दा विद्यार्थी हरुका साझा मागलाई उचित तरिकाले सम्बोधन गर्ने सस्था ने.बि संघलाई लिने गरिन्छ। विभिन्न  समयमा विभिन्न बिश्वबिधालय देखि क्याम्पसमा  हुने ब्यथिती पाठ्यक्रमामा समस्या, पदाधिकारी न्युक्तिमा समस्या जस्ता घटनामा  ने. बि संघले आफ्नो आवाज बुलन्द पार्दै आईरहेको छ साथै पदाधिकारी न्युक्तीमा हुने चरम राजनीतिकरण देखि लिएर बिश्वबिधालयहरुमा हुने चर्को बेथितिमा नेपाल विद्यार्थी संघले  आफ्नोआवाज  उठाउदै आईरहेको छ । बिश्वबिधालयहरुमा  लामो समय सम्म उपकुलपति, रजिस्ट्रार , कन्ट्रोलर जस्ता महत्त्वपूर्ण पदहरु खाली  भएकै कारणले विद्यार्थीहरुले भोग्ने गरेको समस्या  देखि लिएर कलेज/क्याम्पसमा मा हुने अनेकौ खालका  समस्यामा समेत ने. बि संघले महत्त्वपूर्ण भुमिका खेल्दै आईरहेको छ ।

बिश्वबिधालयमा हुने चर्को मूल्य वृद्धि देखि लिएर, प्रयोगात्मक कक्षा सन्चालनमा हुने समस्या हुँदै  विद्यार्थीको अतिरिक्त ज्ञान,सीप,क्षमतआ हरु वृद्धि बिकासका लागि आफ्नो दरिलो उपस्थिती जनाउदै आएको छ । बिश्वबिद्यालयहरुमा शैक्षिक गुणस्तरको बिकास,स्वच्छ,गतिशिल र उन्नतिशील बिश्वबिद्धालय निर्माणमा ने.बि.संघले अग्रणी  भुमिका खेल्दै आईरहेको छ ।  त्यसैले आसन्न  स्व.वि.यु निर्वाचनमा  विद्यार्थीको साथी ने. बि.संघलाई बिजयी गराउनुको विकल्प  छैन ।
लेखक : ई. निरोज लामिछाने

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्