दिल्लीको मेयरमा शैली ओबराय निर्वाचित

समाचार बिज
  • ख-
  • ख+

१० फागुन, काठमाडौं । आम आदमी पार्टीकी उम्‍मेदवार डा. शैली ओबराय दिल्लीकी मेयरमा निर्वाचित भएकी छिन् ।

भारतीय जनता पार्टी (बीजेपी)की उम्मेदवार रेखा गुप्तालाई पराजित गर्दै शैली मेयरमा निर्वाचित भएकी हुन् ।

मेयरको चुनावमा आम आदमीकी शैली ओबरायले १५० मत पाइन् भने उनका प्रतिस्पर्धी विजेपीकी उम्‍मेदवार रेखा गुप्ताले ११६ मत पाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मेयरमा निर्वाचित भएपछि डा. शैली ओबरायले आफूले यो सदनलाई संवैधानिक तरिकाले चलाउने प्रतिक्रिया दिएकी छिन् । सदन चल्नमा जनताको साथ र सहयोग चाहिएको उनले आग्रह गरिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्