पोखरा थिएटरमा नाटक आतुरकाल

समाचार बिज
  • ख-
  • ख+

पोखरा, ५ फागुन ।
इन्द्रेणी थिएटरको प्रस्तुति र केदार नाथ पौडेलद्धारा लिखित नाटक आतुरकाल (शुक्रबार) देखि मञ्चन हुदैछ । नाटकको मञ्चन शुक्रबारदेखि फागुन ११ गते बिहिबार सम्म गैह्रापाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा हुनेछ ।
नाटकले विशेषतः गण्डक क्षेत्रलाई केन्द्र बनाएको छ । नाटकको मञ्चन हरेक दिन साँझ पाँच बजे र शनिवार अतिरिक्त सो मार्फत दिउसो १ बजे हुनेछ ।

निर्देशक कपिल शर्माले फरक फरक अनुभूति गर्ने रहरले यो बनेको बताउदैं विशेषगरि नेपाली समाजको जरैसम्म पुगेर नाटक लेख्न सिपालु केदार नाथ पौडेलको यो अर्को उदाहरण भएको जनाउनुभयो ।

शर्माले नेपाल र नेपाली समाज भित्र भिन्नभिन्न रितिरिवाज, धर्म, संस्कार, संस्कृति, चालचलन र आ(आफ्नै सभ्यताहरू छन् । एउटा मान्छे जन्मेपछि उसले मृत्युवरण गर्ने बेलासम्म अनेकन अप्ठ्यारा परिस्थितिहरूको सामना गर्नुपर्ने आफ्ना संस्कार, चालचलनले कसरी पिरोल्ने एउटा सन्तान, एउटा बाबु र एउटी आमाले आफ्नो कर्तव्य निर्वाह गर्नका लागि कयौं त्याग गर्नुपर्ने समग्र रूपमा भन्नुपर्दा ‘आतुरकाल’ एउटा मान्छेको जीवन चक्र भएको बताउनुभयो ।

८० वर्ष काटेका १३ जना वृद्धले प्रत्यक्ष भोगेका जीवन भोगाईलाई नाटकमा समेटिएको छ । नाटकको सहनिर्देशन लक्ष्मण डुम्रेले गर्नुभएको छ ।
कलाकारमा राजेन्द्र अधिकारी, प्राञ्जल, ज्योती हमाल, रिमा शाही ठकुरी, अर्जुन गुरुङ्ग, उत्तमजङ्ग राणा, शिवहरी अर्याल र बिनोद पौडेल रहेका छन् ।

लेखक केदारनाथ पौडेलले नाटक लेख्दा थुप्रै पटक म भावविह्वल भएको र देशमा परिवर्तनका नारा थुप्रै पटक घन्किए पनि थुप्रै व्यवस्था बदलिए तर आत्मा र शरिरले सुखको अनुभुती गर्न नपाएको बताउदै जीवन ठक्करै ठक्करको मरुभूमि बन्न पुगेकोहरुका पिडा, दुख र सङ्घर्षको पहाड ‘आतुरकाल’ जनाउनुभयो ।

कलाकार राजेन्द्र अधिकारीले नाटक सर्सर्ति अध्ययन गर्दै आँखा रसाएको बताउदैं आँफु एक रुखो मान्छे भएको तर आतुरकालको रिहर्शलमा म आफै धेरैपटक भावविहल भएको बताउनुभयो । अधिकारीले कलाकारको हैसियतले यो नाटक प्रति कत्तिको न्याय गर्न सके त्यो पछि दर्शकको हातमा छोडेको बताउदै नाटक चुनौतिपुर्ण रहेको कन्टेन्टको हिसाबले यो नाटकले पक्कै पनि दर्शकहरुको मन छुने विश्वास व्यक्त गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्