कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ चार वर्षका लागि नियुक्त

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। सरकारी स्वामित्वको कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त भएका छन्। अनिल उपाध्याय चार वर्षे कार्यकाल पुरा गरेर अवकाश भएपछि प्रमुख कार्यकारी अधिकृत पद रिक्त थियो।

बैंक सञ्चालक समितिले शनिवार गुरुङलाई नियुक्त गरेको हो। ‘सोमबारबाट कार्यभार सम्हाल्ने छु,’ उनले भने।

उनी हिमालयन बैंकसँग मर्जर प्रक्रियामा रहेको सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। सिभिल बैंक छाडेर उनी म्यानमारको एक बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए।

त्यसपछि उनी कृषि विकास बैंकमा नियुक्त भएका हुन्। चार वर्षे कार्यकालका लागि गुरुङले नियुक्ति लिएका हुन्।

उनी हिमालयन, ग्लोबल, मेगा हुँदै सिभिल बैंक पुगेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्