आठ दशकदेखि अनवरत क्रियाशील व्यावसायिक घराना त्रिवेणी ग्रुपमाहतम ४८ भन्दा बढी कम्पनी सञ्चालनमा छन्। खाद्यान्न, बैंक तथा वित्तीय संस्थादेखि हाइड्रोपावर परियोजनासम्म लगानी विस्तार गरिरहेको त्रिवेणी ग्रुपमा १८ हजारजतिले प्रत्यक्ष रोजगारी पाएका छन्। त्रिवेणी ग्रुप हाँकिरहेका रामचन्द्र संघाई लामो समयदेखि उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको राजनीतिमा पनि उत्तिकै क्रियाशील छन्।
महासंघ रोजगारदाता परिसंघका सभापतिसमेत रहेका उनी आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन्। महासंघ उपाध्यक्ष संघाईसँग समसामयिक अर्थतन्त्रका उतारचढाव तथा उनका भावी योजनामा गरेको कुराकानी:
मुलुक अहिले गम्भीर आर्थिक संकटमा फसेको छ। व्यापार–व्यवसाय ठप्प छ। ब्याज बढ्नुका साथै लगानीयोग्य रकम बैंकमा छैन भनिन थालिएको छ। तपाईंको विचारमा यो संकट कहिलेसम्म लम्बिएला र समस्या समधान कसरी गर्न सकिएला?
मुलुक अहिले नै गंम्भीर आर्थिक संकटमा फस्यो भनेर त म भन्दिनँ। तर, मन्दी देखिएको पक्कै हो। उद्योगी–व्यवसायी पनि अहिले तनावमै छन्। रुस–युक्रेन युद्ध तथा विश्वभरि देखिएको आर्थिक मन्दीको बाछिटाले हाम्रोे आर्थिक अवस्थासमेत संकटोन्मुख स्थितिमा पुगेको पक्कै हो। संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि राजनीतिक संक्रमण अन्त्य हुने र आर्थिक विकासले गति लिने अपेक्षा गरिएको थियो।
तर, पछिल्लो एक दशक राजनीतिक संक्रमण, विनाशकारी भूकम्प तथा कोरोना महामारी कहरले मुलुकको समग्र अर्थतन्त्र नै धराशयी बन्न पुग्यो। अर्थतन्त्रमा एकपछि अर्को समस्या आइरहेका छन्। अब यो अवस्था कतिन्जेल रहला यसै भन्न सकिँदैन। जहाँसम्म ब्याज बढेको र लगानीयोग्य रकम कम भएको भन्ने कुरा छ, खुला अर्थतन्त्रमा यस्तो त भइरहन्छ। कर्जा र निक्षेपको सन्तुलन कायम गर्न तथा व्यवसायीलाई सहज वातावरण तयार गर्न राष्ट्र बंैकले नीतिगतरूपमा नै नयाँ योजना अघि सार्नु आवश्यक छ भन्ने मलाई लाग्छ।
पछिल्लो एक दशक राजनीतिक संक्रमण, विनाशकारी भूकम्प तथा कोरोना महामारी कहरले मुलुकको समग्र अर्थतन्त्र नै धराशयी बन्न पुग्यो। अर्थतन्त्रमा एकपछि अर्को समस्या आइरहेका छन्। अब यो अवस्था कतिन्जेल रहला यसै भन्न सकिँदैन। जहाँसम्म ब्याज बढेको र लगानीयोग्य रकम कम भएको भन्ने कुरा छ, खुला अर्थतन्त्रमा यस्तो त भइरहन्छ।
तपाईं आफै बैंक सञ्चालक र महासंघ उपाध्यक्ष हुनुहुन्छ। यही बेला बैंकको ब्याजदर घटाउनुपर्छ भनेर उद्योगी–व्यवसायीले सडक आन्दोलनसमेत गरे। यसलाई कसरी लिनुभएको छ?
निक्षेप र कर्जामा दिइने ब्याजको सन्तुलन मिलाउन राष्ट्र बैंकले अघि सारेका नीतिअनुरूप नै बैंकहरू अघि बढेका छन्। बैंकले जथाभाबी ब्याज त लिनै मिल्दैन। अहिले निक्षेपको ब्याज घटेको अवस्था हो। कर्जाको बयाज पनि घट्ने क्रममै छ। जहाँसम्म आन्दोलनको कुरा छ, त्यसलाई अन्यथा बुझ्नु हुँदैन। व्यवसायीले गरिखाने वातावरण पाउनुप¥यो भनेर हामीले महासंघबाट पनि निरन्तर आवाज उठाइरहेकै छौं।
व्यावसायिक वातावरण नभएको भन्दै केही उद्योगी–व्यवसायीले आत्मदाहसमेत गरे। व्यवसायीको आत्मबल बढाउन र सरकारलाई आवश्यक वातावरण बनाउन दबाब दिन तपाईंको क्षेत्रबाट कस्तो भूमिका निर्वाह गर्नुभएको छ?
ऋणको भारले थिचिनुपर्ने र आत्मसम्मानमा चोट पुग्ने अवस्थाका कारण उद्योगी–व्यवसायीले आत्मदाह नै गर्नुपर्ने स्थिति आउनु साँच्चै गम्भीर विषय हो। हामीले त सरकारलाई निर्वाध व्यवसाय चलाउने वातावरण बनाइदिनुपर्यो भनिरहेकै छौं। उद्योगी–व्यवसायीले ठूलो जोखिम मोलेर लगानी गरेका छन्। उनीहरूको सम्मान हुने वातावरण तयार गर्नुपर्यो भनेर भनेको भन्यै छौं।
तर, त्यस्तो वातावरण तयार हुन सकिरहेको छैन। उत्पादनमूलक उद्योगमा लगानी गर्ने तथा साना तथा मझौला उद्योग सञ्चालन गर्ने उद्योगी–व्यवसायी अहिले साँच्चै मारमा छन्। यसलाई सम्बोधन गर्ने नीति र वातावरण त सरकारले बनाइदिनैपर्छ। उद्योग वाणिज्य महासंघले यसबारे सरकारलाई सधैं घचघच्याइरहेकै छ।
महासंघमा उपाध्यक्ष भएर तीन वर्षको कार्यकालमा तपाईंले गरेका उल्लेखनीय काम के–के हुन्?
उद्योगी–व्यवसायीको हकहित रक्षा र व्यावसायिक वातावरण तयार गर्न निरन्तर लागिरहेकै छु। उद्योग वाणिज्य महासंघमा रोजगारदाता परिषद सभापतिका रूपमा रोजगारी कसरी बढाउन सकिन्छ, रोजगारदाताको हक–हितको रक्षा कसरी गर्न सकिन्छ भन्ने विषयमा मैले पहल गरेको छु। श्रमिकको न्यूनतम पारिश्रमिकको मुद्दामा ट्रेड युनियनसँग वार्ता गरेर मैले एउटा समझदारी निर्माण गर्न सफल भएको छु।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का विभिन्न कार्यक्रममा सहभागी भई श्रमिकका मुद्दा र उद्योगी–व्यवसायीका हक–हितका विषयमा आवाज उठाएको छु। उद्योगमा चौबिसै घन्टा विद्युत आपूर्ति गर्न, अघोषित लोडसेडिङ नगर्न विद्युत प्राधिकरणलाई पटक–पटक आग्रह गरिएको छ।
उत्पादन बढाउन उत्पादनमूलक उद्योगमा लगानी बढाउनु आवश्यक छ।
वातावरण तयार हुन सकिरहेको छैन। उत्पादनमूलक उद्योगमा लगानी गर्ने तथा साना तथा मझौला उद्योग सञ्चालन गर्ने उद्योगी–व्यवसायी अहिले साँच्चै मारमा छन्। यसलाई सम्बोधन गर्ने नीति र वातावरण त सरकारले बनाइदिनैपर्छ। उद्योग वाणिज्य महासंघले यसबारे सरकारलाई सधैं घचघच्याइरहेकै छ।
यसका लागि नीतिगत सुधार एउटा पक्ष छ भने अर्को सुरक्षा र सम्मान पनि चाहियो उद्योगी–व्यवसायीलाई। यसबारे पनि मैले निरन्तर खबरदारी गरिरहेकै छु। म देशभरिका उद्योगी–व्यवसायी साथीहरूसँग निरन्तर सम्पर्कमा छु। खासगरी उत्पादनमूलक उद्योगमा लगानी गरेका र साना तथा मझौला उद्यमी–व्यवसायी साथीहरूका समस्या र गुनासा सुन्ने र बुझ्ने अवसर पनि मैले यसबीचमा पाएँ।
साना तथा मझौला उद्यमी–व्यवसायीका समस्या समाधानमा छुट्टै नीति व्यवस्था हुनुपर्छ भन्ने मलाई लागेको छ। यसमा महासंघको पहल जरुरी छ। सबै समस्या समाधान एकैपटक सम्भव छैन। त्यसैले तत्काल समाधान गर्नुपर्ने र क्रमशः समाधान गर्दै जानुपर्ने समस्या पहिचान गरी काम गर्दा सहज हुने मैले विश्वास लिएको छु। यसको लागि निरन्तर लागिरहेकै छु।
तपाईं महासंघको नयाँ कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा भिड्ने कि नभिड्ने?
वरिष्ठ उपाध्यक्षमा त मेरो दाबी स्वाभाविक छ नि! सर्वसम्मतरूपमा नै मलाई साथीहरूले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिनुहुन्छ भन्ने मैले विश्वास लिएको छु। होइन लोकतान्त्रिक पद्दतिअनुरूप प्रतिस्पर्धामै उत्रने अवस्था आए पनि म त तयारै छु।
यसअघि उपाध्यक्षमा चन्द्र ढकालको समूहबाट उठ्नुभएको थियो। वरिष्ठ उपाध्यक्षमा तपाईंको टिम कसको पक्षमा रहन्छ?
अबको हाम्रो अध्यक्ष चन्द्र ढकाल नै हो। म उहाँकै समूहबाट उपाध्यक्ष भएर काम गरिरहेको छु। अब वरिष्ठ उपाध्यक्षमा पनि उहाँकै टिममा म रहन्छु। मलाई सबै उद्योगी–व्यवसायीको समर्थन रहने विश्वास छ।
वरिष्ठ उपाध्यक्षको उम्मेद्वार किन बन्न लाग्नुभएको हो?
मैले उपाध्यक्ष भएर काम गर्दा धेरै अनुभव प्राप्त गरेको छु। उद्योगी–व्यवसायी साथीहरूसँगको निरन्तर संवादबाट उहाँहरूका समस्या र गुनासा के छन् भनेर बुझ्ने मौका मिल्यो। अब त्यसको समाधानका लागि लागिपर्ने छु। उद्योग वाणिज्य महासंघकै पहलमा हामीले ‘भिजन २०३०’ अघि सारेका छौं।
त्यसलाई सरकारले समेत अनुमोदन गरिसकेको अवस्था हो। त्यसको कार्यान्वयनमा म लागिपर्ने छु।
हामी सरकारबाट उपयुक्त नीतिको अपेक्षा गर्दछौं। देशभित्र उत्पादन बढाउनुपर्छ। स्थापित उद्योग निर्वाध चल्नुपर्दछ।
नयाँ उद्योग खुल्नुपर्दछ। यसका लागि राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण तथा आवश्यक पूर्वाधारको खाँचो छ। म यसकै लागि काम गर्ने छु। महासंघलाई अझै सशक्त बनाइ सम्पूर्ण उद्योगी–व्यवसायीको आस्थाको धरोहरका रूपमा विकास गर्ने मेरो योजना छ।
नयाँ उद्योग खुल्नुपर्दछ। यसका लागि राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण तथा आवश्यक पूर्वाधारको खाँचो छ। म यसकै लागि काम गर्ने छु। महासंघलाई अझै सशक्त बनाइ सम्पूर्ण उद्योगी–व्यवसायीको आस्थाको धरोहरका रूपमा विकास गर्ने मेरो योजना छ।
तपाईंको वर्तमान कार्यसमितिका अध्यक्ष शेखर गोल्छाले राम्रो काम गर्न नसकेको आरोप लाग्न थालेका छन्। खास के हो?
शेखर गोल्छा त महासंघको सफल अध्यक्ष हुनुहुन्छ। सबैलाई मिलाएर लैजान सक्ने नेतृत्व क्षमता भएको व्यक्ति हो उहाँ। उहाँमा अद्भुत ‘लिडरसीप क्वालिटी’ मैले देखेको छु। व्यवसायीका समस्या सरकारसमक्ष राख्ने सन्दर्भमा होस् या उद्योगी–व्यवसायीलाई एकताबद्ध बनाउन, उहाँ निरन्तर लाग्नुभयो। उहाँकै नेतृत्वमा ‘भिजन २०३०’ उद्योग वाणिज्य महासंघले अघि सारेको हो। त्यसलाई सरकारले समेत अनुमोदन गरिसकेको छ।
उद्योग वाणिज्य महासंघको संस्थागत संरचना र व्यवस्थापकीय सुधारमा पनि उहाँको नेतृत्वदायी भूमिका रहेको छ। त्यसैले उहाँ उद्योगी–व्यवसायीको सफल नेता हो भन्ने मलाई लाग्छ। कोरोना महामारी, आर्थिक मन्दीलगायत समस्यै–समस्याका अवस्थामा समेत उहाँले महासंघलाई सही दिशामा अघि बढाउनुभयो।
महासंघमा विधान संशोधनको कुरा पनि बेलाबेला चलेको थियो। तपाईंको विचारमा विधान संशोधन हुनुपर्छ कि पर्दैन र संशोधन किन हुन सकेन?
महासंघको अहिलेको विधान उपयुक्त छ भन्ने मलाई लाग्छ। यसमा कसैको विरोध पनि देखिएको छैन। वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने विधानको व्यवस्था नेतृत्व विकासमा सहयोगी नै रहेको देखिन्छ।
वरिष्ठ उपाध्यक्षले सिक्ने विशेष अवसर पाइरहेको छ। त्यसले गर्दा अध्यक्ष भएको पहिलो दिनदेखि नै काममा कुनै उल्झन हुँदैन भन्ने मेरो बुझाइ छ। तथापि, विधानका कतिपय कुरामा साथीहरूले संशोधन आवश्यक ठानेमा आपसी छलफलबाट त्यसको टुंगो लगाउन सकिन्छ। यसमा कुनै विवाद छैन।
वरिष्ठ उपाध्यक्षले सिक्ने विशेष अवसर पाइरहेको छ। त्यसले गर्दा अध्यक्ष भएको पहिलो दिनदेखि नै काममा कुनै उल्झन हुँदैन भन्ने मेरो बुझाइ छ। तथापि, विधानका कतिपय कुरामा साथीहरूले संशोधन आवश्यक ठानेमा आपसी छलफलबाट त्यसको टुंगो लगाउन सकिन्छ। यसमा कुनै विवाद छैन।
महासंघका पूर्वअध्यक्षहरूलाई नेतृत्वले बिर्सिएको आरोप लागिरहने गर्छ। उहाँहरूलाई किन नसम्झनु भएको? कि सम्झन आवश्यक नठान्नु भएको हो?
महासंघका पूर्वअध्यक्षहरूलाई बिर्सिने भन्ने त प्रश्नै आउँदैन। उहाँहरू त महासंघको अभिभावक, अग्रज तथा सम्मानित व्यक्तित्व हुनुहुन्छ। उहाँहरूको सम्मान महासंघकै सम्मान हो। हाम्रो कुनै कमजोरी वा त्रुटिका कारण यदि उहाँहरूको आत्मसम्मानमा चोट पुगेको छ भने म क्षमा चाहन्छु। महासंघले उहाँहरूको योगदान कहिल्यै भुल्ने छैन। म महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए अग्रजहरूको सम्मानको परम्परा स्थापित गर्ने छु।
र, अन्त्यमा त्रिवेणी ग्रुपको लगानी कुन–कुन क्षेत्रमा विस्तार भएको छ र नयाँ कुन क्षेत्रमा लगानी विस्तार गर्दै हुनुहुन्छ?
त्रिवेणी ग्रुपले विगत आठ दशकयता उद्योग–व्यवसायका क्षेत्रमा काम गर्दै आइरहेको छ। प्रतिष्ठित व्यापारिक घरानाका रूपमा त्रिवेणी ग्रुपको छुट्टै पहिचान छ।
उत्पादनमूलक उद्योग, व्यापार, बैंकिङ तथा बिमा, ऊर्जा, शिक्षा तथा मनोरञ्जन क्षेत्रमा हाम्रो लगानी छ। सिमेन्ट उद्योग, त्रिवेणी स्पिनिङ मिल्स, नेपाल चिया विकास निगम (टोकला चिया), त्रिवेणी व्यापार, एनआइसी एसिया बैंक, महालक्ष्मी विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, बिगमार्टलगायतमा हामीले लगानी गरेका छौं। यी सबै क्षेत्रमा गरी करिब १८ हजारजनालाई प्रत्यक्ष रोजगारी दिन पाएकोमा औधी खुसी लागेको छ। उत्पादनमूलक क्षेत्रमा थप लगानी विस्तार गर्दै जाने त्रिवेणी ग्रुपको लक्ष्य छ।
source : capitalnepal.com