![](https://samacharbiz.com/wp-content/uploads/2023/02/Photo-51676182009.jpeg)
शुक्रबार नेपाल बिमा प्राधिकरणको कार्यालयमा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्ष लगायत सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो ।
उक्त सम्झौतामा कम्पनीका सञ्चालक तथा मर्जर समितिका संयोजक अम्बिकाप्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरे । उक्त सम्झौताअनुसार दुवै कम्पनी एकआपसमा गाभिएपश्चात बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ । मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारणसभामा लगिने जनाइएको छ ।
दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति एव डिडी रिपोर्ट समेतका आधारमा आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर अनुपात क्रमशः १ः१ कायम रहने गरी सम्झौता भएको छ ।