एमएडब्लु ग्रुपले चिनियाँ सेरेस ब्रान्डका विद्युतीय गाडी नेपाली बजारमा ल्याउने निश्चित

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। नेपालमा विभिन्न ब्रान्डका गाडीहरु बिक्री गरिरहेको एमएडब्ल्यु ग्रुपले चिनियाँ सेरेस ब्रान्डको विद्युतीय गाडी नेपाली बजारमा ल्याउने भएको छ।

शुक्रबार नेपाली अटो बिक्रेता एमएडब्ल्यु र चीनको विद्युतीय सवारी उत्पादक कम्पनी सेरेस मोटर्सबीच रणनीतिक साझेदारीको घोषणा गरेका हुन्।

कम्पनीका अनुसार हाल एमएडब्ल्युका प्रतिनिधि चीनमा छन्। यो गाडी यही वर्षको अन्त्यतिर नेपाल ल्याउने तयारी गरिएको छ। कम्पनीले सेरेस मोटर्सको सेडान र एसयुभी गाडीहरु नेपाल ल्याउन लागेको हो।

नेपालमा पनि पछिल्लो समय विद्युतीय गाडी भित्र्याउने प्रतिस्पर्धा चलिरहेको छ। यसमा एमएडब्ल्यु पनि समावेश भएको छ।

यो कम्पनीको पहिलो गाडी ई ३ मोडल ५ सिटरको रहेको छ। यसमा ५२.५६ किलोवाट क्षमताको ब्याट्री पावर उपलब्ध छ। यसले एक पटकको फुल चार्जमा ३०१ किलोमिटरको रेन्ज प्रदान गर्छ। यसको टप  स्पिड प्रतिघन्टाको १६० किलोमिटर रहेको छ।

यसलाई घरमा चार्ज गर्न ८ घन्टा लाग्छ। यस्तै फाष्ट चार्जिङबाट चार्ज गर्न ४५ मिनेटको मात्र समयमा फुल चार्ज हुन्छ। यसमा १२० किलोवाटको मोटर पावर छ। जसले ३०० पिक टर्क उत्पादन गर्छ। यसको ह्वीलबेस २६५५ एमएमको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्