भारतले बढायो नेपाललाई दिने अनुदान, २०२३/२४ को बजेटमार्फत साढे ५ अर्ब भारु दिने प्रस्ताव

समाचार बिज
  • ख-
  • ख+

भारतले नेपाललाई दिने अनुदान पनि बढाएको छ। भारतले नेपाललाई २०२३/२४ मा साढे ५ अर्ब भारु (८ अर्ब ८० करोड रुपैयाँ) अनुदान दिने भएको छ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसदमा बजेट प्रस्तुत गर्दै नेपाललाई दिने अनुदान रकम वृद्धि गरेको घोषणा गरिन्।

गत वर्ष २०२२/२३ मा भारत सरकारले बजेटमार्फत ७ अर्ब ५० करोड भारु अनुदान दिने घोषणा गरेको थियो। तर, त्यसलाई संशोधन गरेर ४ अर्ब २५ करोड भारुमा अनुदान झारेको थियो।

२०२१/२२ मा भारतले नेपाललाई ४ अर्ब ४६ करोड भारु अनुदान दिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्