गौतम अडानीलाई उछिन्दै मुकेश अम्बानी पुन: बने एसियाकै धनाढ्य, अडानीको सम्पत्ति लगातार ओरालो

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। गौतम अडानीको कुल सम्पत्तिमा एकैदिन १२ अर्ब अमेरिकी डलरको गिरावट आएको छ।

हिन्डेनबर्गको प्रतिवेदनका कारण अडानी विश्वकै तेस्रो धनाढ्यबाट शुक्रबार सातौं स्थान हुँदै बुधबार शीर्ष १० बाटै बाहिरिएका छन्। हाल उनी फोर्ब्सको धनाढ्यहरूको सूचीमा १५औं स्थानमा ओर्लिएका हुन्।

अमेरिकी अनुसन्धान संस्थाले अडानीको स्वामित्वमा रहेका केही कम्पनीहरुले जाली वित्तीय विवरण र सेयर मूल्यमा चलखेल गरेको भन्दै प्रतिवेदन सार्वजनिक गरेलगत्तै गत बुधबारदेखि नै अडानी ग्रुपका कम्पनीहरुको सेयरमा उल्लेख्य गिरावट आउन सुरु गरेको थियो। एक हप्ताको अन्तरालमा अडानीको कुल नेटवर्थ ७६.२ अर्ब डलरमा झरेको छ।

योसँगै मुकेश अम्बानीले गौतम अडानीलाई उछिन्दै पुन: एसियाको धनाढ्य व्यक्ति तथा विश्वको नवौ धनी व्यक्ति बनेका छन्। फोर्ब्सका अनुसार अम्बानीको नेटवर्थ ८३.८ अर्ब अमेरिकी डलर छ।

गत फेब्रुअरीमा अडानीले मुकेश अम्बानीलाई उछिन्दै एसियाकै धनाढ्य व्यक्ति बनेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्