गभर्नर अधिकारी र काठमाडौं महानगरपालिका मेयर शाहबीच भेटवार्ता

समाचार बिज
  • ख-
  • ख+

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ।

सोमबार राष्ट्रिय सभा गृहमा उनीहरूबीच भेटवार्ता भएको मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।

उनका अनुसार भेटमा स्थानीय सरकारका मातहतमा रहेका सहकारी संस्था लगायत वित्तिय संस्थाहरूको विषयमा छलफल भएको हो।

‘भेटमा स्थानीय सरकारका मातहतमा रहेका सहकारी संस्था लगायत वित्तिय संस्थाहरूको नियमन, निरीक्षण र दुरगामी नीति तथा कार्यविधी तजुर्मा गर्ने केन्द्रीत रह्यो,’ उनले भने, ‘आगामी दिनहरूमा आवश्यक समन्वय, सहकार्य र छलफल गरेर अगाडि बढ्ने निर्णय भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्