![](https://samacharbiz.com/wp-content/uploads/2023/01/kkkkk.jpg)
काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सोमबार उपसभामुख राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रतिनिसभाका सभामुख देवराज घिमिरेबाट पद तथा गोपनियताको सपथ लिएकी हुन् ।
रानाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ९ को अनुसूची २ बमोजिम उपसभामुख पदको शपथ लिनुभएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ ।