बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई ट्राफिकको जरिवाना, कारमा बस्दा सिट बेल्ट नलगाउनुको गल्ती

समाचार बिज
  • ख-
  • ख+

बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई कारमा बस्दा जरिवाना गरेको छ। लानकेसिर प्रहरीले ४२ वर्षीय सुनकलाई ‘फिक्स्ड पेनाल्टी’ भर्न भनेको जनाएको हो।

सुनकले उत्तरी इङ्ग्ल्याण्डमा रहँदा सामाजिक सञ्जालमा पोस्ट गर्न ‘सिटबेल्ट’ नलगाइ कारको पछाडिको सिटमा बसेर भिडियो सुट गरेका थिए। सरकारको एक योजनाको प्रवर्द्धनका लागि उनले कारमा नै बसेर भिडियो बनाएका थिए। उक्त भिडियो उनको इन्स्टाग्राम अकाउन्टमा राखिएको थियो।

बेलायतको प्रधनमन्त्री कार्यालयले प्रधानमन्त्री सुनकले आफ्नो गल्ती स्वीकार गरेको र उनले माफी मागेको जनाएको छ।

सिट बेल्ट बिना यात्रा गर्ने यात्रुलाई १०० युरोसम्म जरिवाना गर्ने अधिकार बेलायती प्रहरीलाई छ। प्रहरीले तोकेको जरिवाना २८ दिनभित्र तिर्नुपर्ने हुन्छ। यदि कसैले प्रहरीले गरेको जरिवाना अस्वीकार गर्छन्, वा त्यसको प्रतिवाद गर्छन् भने त्यस्ता घटनामा अदालत जान सकिन्छ।

प्रहरीले मुद्दा पुनरावलोकन गर्न अदालतमा लग्ने निर्णय गर्छ। अदालत पुगेको यस्तो मुद्दामा प्रहरी नभइ व्यक्तिकै कसुर प्रमाणित भए ५०० युरोसम्म जरिवाना हुने प्रावधान छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्