प्राइम, गुराँस र युनियन लाइफ मर्जर भएर हिमालयन लाइफ इन्स्योरेन्स बन्ने, स्वाप रेसियो कति?

समाचार बिज
  • ख-
  • ख+

प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जरमा जाने भएका छन्।

आइतबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको उपस्थितीमा भएको कार्यक्रममा तीनै कम्पनी गाभ्ने गाभिने सम्बन्धी अन्तिम सम्झौता सम्पन्न भएको हाे।

यी तीन वटै कम्पनी एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा सैद्धान्तिक सहमती भइसकेको छ।  मर्जर भएपछि कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड रहने कम्पनीले बताएको छ।

प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स १:१:१ सेयर अनुपातमा गाभिने भएका हुन्। तसर्थ, यी तीन वटै कम्पनीमा १०० कित्ता सेयर हुने सेयरधनीहरूले मर्जर पछि बन्ने कम्पनीको पनि १०० कित्ताकै दरमा सेयर पाउनेछन्।

मर्जरपछि कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण रहने सम्झौता भएको छ।

कम्पनीको मर्जरलगायतको कार्यहरू नियमित गरी कर्मचारी व्यवस्थापन र शाखाहरूको व्यवस्थापन सम्बन्धी कार्यलाई अघि बढाउने र समग्रमा एकीकृत कारोबार यथाशक्य छिटो सुरू गर्ने समेत सहमति भएको बताइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्