नबिल बैंकको ३८औं साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांशको प्रस्ताव पारित

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। नबिल बैंकको ३८औं वार्षिक साधारण सभा सकिएको छ। सभाले गत आर्थिक वर्षको नाफाबाट बैंकको संचालक समितितले सिफारिस गरेअनुसार ३० प्रतिशत लाभांश वितरण गरिने प्रस्ताव अनुमोदन गरेको छ।

बैंकले आव २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको थियो। सो प्रस्ताव आजको साधारण सभाले पारित गरेको हो। बोनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी २७ अर्ब रुपैयाँ माथि हुने छ।

साधरणसभाले संस्थापक सेयरधनी समूह तर्फका तीन संचालकको निर्वाचन समेत गरेको छ। निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिब संचालकमा निर्वाचित भएका छन्।

नबिल बैंक आव २०७८/७९ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा आर्जन गर्ने बैंक हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्