गण्डकीमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्दै

समाचार बिज
  • ख-
  • ख+

२५ पुस, पोखरा । गण्डकी प्रदेशका नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै छन् ।सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको बाँडफाँटमा गण्डकी प्रदेश एमालेलाई परेपछि अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् । अधिकारीलाई माओवादी र राप्रपाका प्रदेश सांसदहरुले समेत समर्थन गरेका छन् । गण्डकीमा एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसद छन् ।

आइतबार बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले  टुंग्याएका थिए । त्यस अनुसार गण्डकी प्रदेशमा एमालेले ५ वर्ष मुख्यमन्त्री चलाउनेछ । सभामुख माओवादीले र उपसभामुख एमालेले लिनेछ ।

प्रदेश प्रमुखले सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेसँगै खगराजले छलफल तथा हस्ताक्षर संकलनको तयारी थालिसकेका थिए । गण्डकीका सत्तारुढ गठबन्धनमा सामेल ३ दलले प्रदेशको भागबण्डा टुंगो नलागे पनि मुख्यमन्त्री दाबी पेश गर्न सबैजसो तयारी आइतबारै सकेका थिए । दलहरु हस्ताक्षर संकलन सकेर आइतबारै तम्तयार थिए ।

एमालेले सरकारको नेतृत्व गरेपछि ६० सदस्यीय प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस अब प्रतिपक्षमा बस्ने भएको छ । मनाङबाट स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गरेका राजीव गुरुङ (दीपक मनाङे)ले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।

source onlinekhabar.com

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्