पृथ्वी जयन्तीकाे पुर्व सन्ध्यामा राेट्याक्ट गाेरखाकाे सरसफाई

समाचार बिज
  • ख-
  • ख+

३०१ औ पृथ्वी जयन्ती तथा एकता दिवसको पुर्व सन्ध्यामा
रोट्रर्‍याक क्लव अफ गोरखाले वूहत नगर सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
पुष २३ गते शनिबार गोरखा नगरपालिका वडा न ६ ठूलो आँगन देखि वडा नं ८ को प्रतिक्षालय सम्म सरसफाइ गरिएको हो ।
हरेक वर्ष पृथ्वी जयन्तीको पुर्व सन्ध्यामा रोट्रर्‍याकले
सरसफाई गर्दै आएको छ । शनिबार विहान आठ देखि ११ बजे सम्म ठूलो आँगन देखि प्रतिक्षालय सम्मका सडकको दायाबायाँ सरसफाइ गर्नुका साथै नाली पनि सफा गरिएको छ।
गोरखा नगरपालिकाको सह्कर्य तथा बिभिन्न संघ संस्थाले यस सर्सफाइ अभियानमा साथ दिएका थिए ।
सरसफाई कार्यक्रममा रोटरी क्लव अफ गोरखा, रोट्रर्‍याक क्लव अफ गोरखा, हरमटारी क्लब, नेपाल प्रहरी, सशास्त्र प्रहरी बल, नेपाल आर्मी, रोट्रर्‍याक क्लव अफ बज्र मनास्लु, लायन्स क्लव अफ गोरखा, लियो क्लव अफ गोरखा, गोरखा नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, वडा अध्यक्ष, वडा सदस्य, पदेली टोल विकास संस्था, बसपार्क टोल विकास संस्था, शत्तिचोक टोल विकास संस्था र गोरखा जेसिज गोरखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
रोट्रर्‍याक क्लव अफ गोरखाका अध्यक्ष निरन्जन कट्टेको अध्यक्षता तथा गोरखाको नगरपालिकाका नगरप्रमुख कृष्ण रानामगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्