लेखनाथवासीको तिर्खा मेटाउने लेखनाथ साना शहरी खानेपानी

समाचार बिज
  • ख-
  • ख+

लेखनाथ, २२ पुस
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरवासी भएकोमा सबैले गर्व गर्नुपर्ने बताएका छन् । शुक्रबार लेखनाथमा आयोजित लेखनाथ खानेपानी उपभोक्ता संस्थाको १८ औ ं वार्षिक साधारण सभा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले यदाकदा लेखनाथलाई पोखरा महानगरमा मिसाएर गल्ती पो भयो कि भन्नेखालका स्वर सुनिन थालेको बताउँदै उनल े महानग रवासी भए र हामीले पाउनुपर्ने के हो भन्ने कुरामा ध्यान दिनुपर्ने लेखनाथवासीलाई सुझाए । उनले महानगरका १ देखि १७ वडामा पूर्वाधारका अधिकांश कार्यहरु पूरा भएको र अब वडा १८ देखि ३३ सम्ममा विशेष ढंगले ध्यान दिइने प्रतिबद्धता व्यक्त गरे । उनले पिउनेपानी सबै जनताको मौलिक हकरुपमा रहेको र एउटै महानगरभित्र पनि खानेपानीको महसुल फरक पाइएको बताउँदै पोखराका ३३ ओटै वडामा पानीको समान महसुल दर निर्धारण कसरी गर्न सकिन्छ भन्ने विषयमा महानगरले गृहकार्य गरिरहेको जानकारी दिए ।

मादी ७ का अध्यक्ष दुर्गाबहादुर गुरुङले सस्थाले पानीको मुहान क्षेत्रका प्रभावित स्थानीयको गुनासोलाई नेताको दबाबले नभई छलफलबाट सम्बोधन गर्नुपर्नेमा जोड दिंदै जलश्रोत ऐन बमोजिमको रोयल्टीको विषयलाई पनि निष्कर्षमा पु¥याउनुपर्ने बताए । संस्थाका निवर्तमान अध्यक्ष विष्णुप्रसाद बरालले विभिन्न बहानामा संस्थाको कार्यमा अवरोध हुने गरेकोमा दुखेसो व्यक्त गर्दै सामानका लागि दल र निकायको ध्यानाकर्षण गराए ।

कार्यक्रममा नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बराल, एमाले जिल्ला सदस्य विष्णु पुन, माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य विनय थापा, संस्थापक अध्यक्ष शालिग्राम पौडेल, सल्लाहकार विश्वप्रकाश लामिछाने, राष्ट्रिय साना शहरी खानेपानी महासंघका महासचिव रामचन्द्र उपाध्याय, संघीय खानेपानी तथा ढल निकास आयोजना पोखराका प्रमुख गुरुप्रसाद पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, कामना सेवा विकास बैंकका क्षेत्रीय प्रबन्धक विष्णुप्रसाद गौतम, लक्ष्मी आदर्श बहुमुखी क्याम्पस प्रमुख रामजी लामिछाने र आमा समूह एवं उपभोक्ताहरुको तर्फबाट ईन्दिरातिवारी लगायतले बोलेका थिए ।

उक्त अवसरमा उत्कृष्ट सेवा प्रवाह गरेकोमा कर्मचारीहरु नवराज तिवारी र इन्द्रप्रसाद पराजुली र कम समयमै सबैभन्दा बढी महसुल बुझाउने उपभोक्ता एवं त्रिभुवन शान्ति नमुना मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद पौडेललाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष मुरारी शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नारायणी भटृराई (रक्षा) र धन्यवाद ज्ञापन उपाध्यक्ष पुष्पकमल ढुंगानाले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्