आइएमई इलेक्ट्रिकको नयाँ डिलर ‘गरिमा अटो कन्सर्न’ महाराजगञ्जमा, घिसिङ र ढकालले गरे उद्घाटन

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। आइएमई इलेक्ट्रिक प्रालिले राफ्ट इलेक्ट्रिक स्कुटरको निरन्तर बढ्दो नेटवर्कमा महाराजगञ्जस्थित गरिमा अटो कन्सर्नको रूपमा नयाँ डिलर थपेको छ।

डिलरको नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङका तथा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

बुधबार राजधानीमा आयोजित उद्घाटन कार्यक्रममा घिसिङले भने, ‘नेपालमा विद्युतीय सवारीसाधन लोकप्रिय बन्दै गएकाे छ, नेपालले छिमेकी मुलुकबाट अरर्बौंको इन्धन आयात गर्छ, विद्युतीय सवारीसाधनको प्रयोगले इन्धन आयात घटाउन र स्थानीय रूपमा उत्पादित बिजुलीको प्रयोगलाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ।’

विशेषगरी राती गाडी चार्ज गर्दा ग्राहकहरूका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा ठूलो बचत हुने उनकाे भनाइ छ। आइएमई जस्ता समूहले विद्युतीय सवारीसाधनको प्रवर्द्धन गरेकाेप्रति आफू खुसी भएकाे बताउँदै उनले आइएमई  र गरिमालाई व्यापार वृद्धिका लागि शुभकामना दिए।

‘हामी गरिमा अटोलाई हाम्रो निरन्तर विस्तार हुँदै गइरहेको सञ्जालमा स्वागत गर्दछौं र उहाँहरूलाई सफलताको कामना गर्दछौ,’ महांघका उपाध्यक्ष ढकालले भने, ‘आइएमई इलेक्ट्रिकले इ–मोबिलिटीमा अगुवा बन्ने लक्ष्य राखेको र नयाँ ऊर्जा सवारीसाधन चलाउँदा जनताको पहिलो रोजाइ बन्न चाहन्छौ।’

राफ्ट टु–व्हीलर अक्टोबर २२ मा प्रस्तुत गरिएको बताउँदै नेपालमा निकै लोकप्रिय बन्दै गएको उनले बताए। तीन महिनाभित्रै सयभन्दा बढी युनिट बिक्री गरिसकेकाे उनले जानकारी दिए। ‘हामीले उत्पादन बिक्री मात्रै गर्दैनौं, पेट्रोलको आयात घटाएर वातावरण स्वच्छ राख्न मद्दत गर्दै राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान दिइरहेका छौं,’ उनले भने।

गरिमा अटोका प्रबन्ध निर्देशक दान राणाले आइएमई इलेक्ट्रिकसँग व्यापार साझेदारको रूपमा जोडिन पाउँदा निकै गर्व महसुस गरिरहेको बताए। उनले भने ‘ग्राहकलाई पर्यावरणमैत्री विद्युतीय दुई पाङ्ग्रे सवारी साधन उपलब्ध गराउन पाउँदा खुसी छु, राफ्ट इलेक्ट्रिक स्कुटर प्रयोग गरेपछि सबै ग्राहक खुसी छन्।’

आइएमई इलेक्ट्रिक

कम्पनीका अनुसार राफ्ट इलेक्ट्रिक स्कुटर १ लिटर पेट्रोलमा ८०० किलोमिटर चल्छ। त्यसैले, पेट्रोल स्कुटरको तुलनामा राम्राे मानिन्छ। ग्राहकले एपबाट दुई लाख पचास हजार ३ वर्ष भित्र र त्यसैले स्कुटरको लगभग पूरा लागत फिर्ता हुनेछ।

फायरपु्रफ ब्याट्री, रिभर्स गियर, हाईट एडजसटेबल शोक्क अब्सोर्बर्, मल्टी मोड्स अफ ड्राईभिङ, द्रुत चार्जको लागि १० एम्प चार्जर, राम्रो सुरक्षाका लागि बाक्लो बडी, कि–लेस स्टार्ट, डिआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट–अफ, इन्डिकेटर बज्जर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पोर्टेबल ब्याट्री र अन्य धेरै सुविधाहरू राफ्ट स्कुटरमा उपलब्ध छन्।

राफ्ट मोटर्सको उत्पादनमा एकै पटक चार्जमा ३२० किलोमिटरसम्मको दायरासहित ६ मोडलभन्दा बढी इलेक्ट्रिक स्कुटरहरू छन्। उचित मूल्य, धेरै राम्रो प्ः दायरा, विश्वसनीयता र धेरै आकर्षक लुकका कारण र्याफ्ट गाडीहरू छोटो अवधिमा नेपालमा अत्यन्त लोकप्रिय भएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्