लेखनाथ जेसिजकाे पदस्थापन

समाचार बिज
  • ख-
  • ख+

लेखनाथ जेसिजकाे २५ अाै पदस्थापना कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा वाेल्दै प्रमुख अतिथि नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष विकास मानन्धरले स्थानीय तहले जेसिजमा अावद्ध युवाहरुलाई समेट्नु पर्नेमा जाेड दिए ।
साेहि कार्यक्रममा नेपाल जेसिजकि कार्यकारिणी उपाध्यक्ष राजनि थापा, उपाध्यक्ष चन्द्र मणि भुषाल, लेखनाथ साना शहरी खानेपानी अायाेजनाका अध्यक्ष मुरारी शर्मा, लेखनाथ जेसिजका सस्थापक अध्यक्ष वावुराम जमर्रकट्टेल, पाेखरा जेसिजका अध्यक्ष गणेश गिरी लगाएतले कार्यक्रम सफलताकाे शुभकामना व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा अध्यक्ष वर्ष २०२२ सुजन न्याैपानेले अध्यक्ष वर्ष २०२३ चन्द्र प्रकाश ढुङ्गानालाई पद हस्तान्तरण गरेका थिए । त्यसै गरि जुनियर जेसिज अध्यक्ष वर्ष २०२२ शताब्दी लमिछानेले अध्यक्ष वर्ष २०२३ नवीन अधिकारीलाई पद हस्तान्तरण गरेका थिए ।
लेखनाथ जेसिजका अध्यक्ष सुजन न्याैपानेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयाेजक सर्वेन्द्र न्याैपानेले गर्नुका साथै सञ्चालन महासचिव प्रकाश राईभाटले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्