सहमहामन्त्री परियारले दिए पोखराको विकासमा चासो

समाचार बिज
  • ख-
  • ख+

नेपाली काङ्ग्रेसका सहमहामन्त्री तथा सासद् जीवन परियारले पोखरा महानगर क्षेत्रको विकास निर्माणमा चासो व्यक्त गरेका छन् । पोखरामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आए सँगै पोखरा क्षेत्रको पर्यटकिय अव वन्न सक्नेमा उनले जोड दिएका छन् । पोखरा महानगरका मेयर धनराज आचार्यलाई भेटी पोखरा र लेखनाथ क्षेत्रलाई नै एकिृत विकासको योजनामा लैजानु पर्नेमा सासद् परियारले जानकारी राखेका छन् । उनले तालचोक वेगनासताल वाटो, साविक लेखनाथमा रहेका ७ वटै तालहरुको मापदण्ड, वेगनासतालदेखी तालवेसी जाने वाटो, फोहोर मैला व्यवस्थापन वडा नं १३ र २८ जोड्ने पुल, विजयपुर पुल लगाएतका योजनाहरु छिटो वन्न सकेमा जनतालाई राहत मिल्ने सासद् परियाले वताए । पोखरा महानगर भित्रै १० जना वढी वडा अध्यक्षहरुले आफुहरुको कार्यकाल शुरु भएको करिव ६ महिना मात्र भएको र विकसका योजनाहरु दु्रत गतीमा अगाडी वढेकोमा जोड दिएका थिए ।
पोखरा ३१ का वडा अध्यक्ष ढकनाथ कडेंलले वेगनासतालको मापदण्ड सकेसम्म कम भन्दा कम हुनपर्नेमा जोड दिए । उनले तालमा नै आएर खुट्टा चोवेर आनन्द दिन पर्यटकले खोजेको हुँदा त्यस अनुशार साहसिक खेल अव तालमा राख्नुपर्ने वताए ।
सोही कार्यक्रममा मेयर आचार्यले सासद्ले विकासमा निर्माणमा चासो दिएकोमा धन्यवाद दिँदै सधै सहकार्य गरेर अगाडी वढिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्