समयमा नै कार्यालय नपुग्ने कर्मचारीको तलब काटिन्छ : भौतिक पूर्वाधारमन्त्री श्रेष्ठ

समाचार बिज
  • ख-
  • ख+

काठमाण्डाै – उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले समयमा कार्यालय नपुग्ने कर्मचारीलाई कारबाही हुने बताउनु भएको छ ।सोमवार केही सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा उहाँले कार्यालय र मातहतका निकायमा अनिवार्यरुपमा १० बजे कर्मचारी आएर हाजिर लगाइसक्नु पर्ने बताउनुभयो ।  ढिलो आएर काम छल्नेको तलब काटिने उहाँले बताउनुभयो । विशेष कारण परेका बेला भने कहिलेकाहीँ छुट दिइने मन्त्री श्रेष्ठले बताउनुभयो ।                                             यस्तै, उहाँले मन्त्रालयका कार्यालय सहयोगीदेखि चालकसम्म सबैका गुनासा र सुझाव सुन्नका लागि हरेक महिना बैठक आह्वान गर्ने र  बैठकमा उनीहरुको कुरा सुन्ने व्यवस्था मिलाइएको पनि बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्