कवि शिराेमणी लेखनाथ पाैड्यालकाे जन्मजयन्तीमा विविध कार्यक्रम

समाचार बिज
  • ख-
  • ख+

कवि शिरोमणी लेखनाथ पौड्यालको १३९ औं जन्म जयन्तीको अवसरमा आयोजित त्रिदिवसीय कार्यक्रम अन्र्तरगत वडा नं २६ र २७ भित्र रहेका निजी तथा सामुदायिक विद्यालय स्तरीय कविता वाचन प्रतियोगिता २०७९ साल पौष १४ गते विहिबार सम्पन्न भएकाे छ । कार्यक्रममा वाेल्दै  प्रमुख. अतिथी पाेखरा महानगर  वडा नं २७ का वडा अध्यक्ष श्री पुर्ण कुमार गुरुङले कवि र कविता हामी लेखनाथ वासीकै मन र मस्तिष्कमा रहेकाे वताए । उनले कविताकाे माध्यमवाट लेखनाथ पाैडेलले दिएकाे सन्देशले देश तथा विदेशमा लेखनाथ क्षेत्रकै पहिचान वनेकाे वताएका छन् । उक्त कार्यक्रम  क्लबका सल्लाहकार श्री गोविन्द वाग्ले ले सञ्चालन गरेका थिए । कविता प्रतियोगितामा प्रथम ः श्री लक्ष्मी आर्दश माध्यामिक विद्यालयकी छात्रा ः सुजाता सापकोटा
द्धितियः रिलायन्स पब्लीक स्कुलकी छात्रा ः एलिशा मिश्र
तृतियः न्यु एरा एकेडेमी की छात्राः सदिक्षा भण्डारी
सान्त्वना ः डायमण्ड माध्यामिक विद्यालयकी छात्रा ः योग्यता ढुंगाना रहेकी छन् । साथै उक्त प्रतियोगितामा सहभागि एक मात्र आधारभुत विद्यालय श्री कवि शिरोमणि लेखनाथ आधारभुत विद्यालयका सहभागी विद्याथिहरुलाई विशेष पुरस्कारका साथै विद्यालयका सम्पुर्ण विद्यार्थीहरुलाई क्लबको तर्फवाट स्टेशनरी सामान प्रदान गरिएकाे क्लवका अध्यक्ष मनिष वाग्लेले जानकारी दिए ।                                                                       उक्त कार्यक्रममा”जनएकता युवा साहित्य पुरस्कार २०७९” बाट सम्मानित हुने चिरिएका पैताला कृति र सर्वप्रिय कवि कवि राेशन तिमिल्सिनालाई सम्मान समेत गरिएकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्