मतपत्रको गोप्यता कायम गरौं : प्रमुख निर्वाचन आयुक्त

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं– प्रमुख निर्वाचन अयुक्त दिनेशकुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान तथा मतपत्रको गोप्यता कायम गर्न आग्रह गर्नुभएको छ ।

भय रहित बातावरणमा मतदान गर्न पाउनु मतदाताको सार्वभौम अधिकार भएकाले गोप्य मतदानद्वारा आफ्ना प्रतिनिधि चुन्ने हकको सुनिश्चितता हुनुपर्ने बताउनु भयो । मतदातालाई डर, त्रास, धम्की, वा प्रलोभनमा पारेर मतदान प्रक्रियाको गोप्यता भङ्ग गर्नु गराउनु निर्वाचन आचारसंहिता विपरीत हुने पनि उहाँले बताउनुभयो ।

मतपत्रको गोप्यता भङ्ग हुँदा त्यसवाट मतदातालाई विभिन्न किसिमका असहजता सिर्जना गर्न सक्ने र यसले व्यक्तिको सामाजिक प्रतिष्ठामा समेत गम्भीर असर पुर्‍याउने भएकोले यसमा आयोग गम्भिर रहेको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्