सभापती देउवा वालुवाटार छोडेर भाडाको घरमा

समाचार बिज
  • ख-
  • ख+

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार छाडेका छन्।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले आज बालुवाटार छाडेका हुन्। उनी धुम्बाराहीस्थित एक घरमा सरेका छन्।

देउवाको बूढानिलकण्ठस्थित घर मर्मत भइरहेकोले तत्काल बस्न मिल्ने छैन। देउवाले केही महिना भाडा तिर्ने गरी धुम्बाराहीमा घर खोजेका छन्।

‘उहाँले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्नुभएको छ। अब तीन-चार महिना धुम्बाराहीमा बस्नुहुन्छ,’ देउवानिकट एक नेताले भने, ‘बूढानिलकण्ठको घर मर्मत सकेपछि मात्रै उहाँ त्यहाँ सर्नुहुन्छ।’

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सम्भवत आजै बालुवाटारस्थित सरकारी निवासमा सर्नेछन्। प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्