लेखनाथ पत्रकारिता पुरस्कार सरिता तिमल्सिना पंगेनीलाई

समाचार बिज
  • ख-
  • ख+

पोखरा । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार सरिता तिमल्सिना पंगेनीलाई प्रदान गरिने भएको छ । पुरस्कारका लागि  संयाेजक कविराज खनाल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष  छत्रधर आत्रेय, पाेखरा महानगरका प्रतिनिधि राममणि अधिकारी,पूर्व सम्मानित व्यक्तित्व वासुदेव पौडेल, भीमपाणि बराल, सल्लाहकार महेश्वर पाण्डे र मञ्चका सचिव विष्णुहरि पौडेल रहेको छनौट समितिले उनलाई छनौट गरेकाे हो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् कानुन विभाग प्रमुख समेत रहेकी तिमल्सिना पोखरा पोष्ट डटकममा प्रधान सम्पादकका रुपमा रहेकी छन् । पत्रकारिताका माध्यमबाट लेखनाथ क्षेत्रको समृद्धि र विकासमा योगदान पु¥याएको भन्दै उनलाई सम्मान गर्ने निर्णय गरिएको हो ।

उनले सगरमाथा टेलिभिजन, पोखरा आवाज राष्ट्रिय दैनिक, रेडियो अन्नपूर्ण, रेडियो सफलता लगायतका सञ्चार माध्यममा अनुभव सँगालिसकेकी छन् । पत्रकारिता  विषयमा स्नातकोत्तर एवम् कानुन विषयमा स्नातक सम्मको अध्ययन गरेकी तिमल्सिना नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य, डब्लुडब्लुजे गण्डकी अध्यक्ष, अनलाइन पत्रकार संघ गण्डकीको संस्थापक उपाध्यक्ष लगायतको जिम्मेवारीमा रहेकी छन् । २०७३ सालदेखि निरन्तर ११ हजार १११ रुपैयाँ राशि सहित प्रदान गरिने यो पुरस्कार यस अघि मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, बसन्तराज अधिकारी, वासुदेव पौडेल, परशुराम शर्मा र भीमपाणि बरालले पाइसकेका  छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्