बुद्ध एयरका अध्यक्ष बस्नेतको निधन

समाचार बिज
  • ख-
  • ख+

बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ । बस्नेतको आइतबार बिहान ९३ वर्षको उमेरमा उनको निधन भएको हो । भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एमएलएलबीसम्मको अध्ययन गरेका थिए । उनले नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर नेतृत्वदायी भूमिका निभाएका थिए ।

हामीले एक असल अभिभावक गुमाए पनि उहाँले देखाउनुभएको बाटोलाई सधैँ अनुशरण गरी अगाडि बढ्नेछौँ’, बुद्ध एयरद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रा अभिभावकप्रति हार्दिक श्रद्धासुमन ।’

बस्नेतका २ छोरा र १ छोरी रहेका छन् । जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरका प्रवन्ध निर्देशक समेत हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्