छिमेकी मुलुकहरुमा कोभिड पुनः बढेको भन्दै गृहको निर्देशन, ‘स्वास्थ्य मापदण्ड पालना गराउनू’

समाचार बिज
  • ख-
  • ख+

काठमाडौंः गृह मन्त्रालयले सार्वजनिक यातायात तथा बढी भीडभाड हुने क्षेत्रमा स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन गरेको छ। छिमेकी राष्ट्रलगायतका अन्य केही देशमा संक्रमण पुनः बढिरहेको भन्दै सतर्क रहन मन्त्रालयले निर्देशन दिएको हो।

नयाँ भेरियन्टको जोखिम नेपालमा पनि पर्न सक्ने भन्दै मन्त्रालयले जिल्ला सुरक्षा समिति, स्वास्थ्य कार्यालय तथा स्थानीय तहको समन्वयमा स्वास्थ्य मापदण्ड पालना गराउन निर्देशन दिएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्