सभापति देउवालाई कांग्रेसका महिला सांसदहरुको सुझाव ‘प्रधानमन्त्री तपाईं नै बन्नुपर्छ’

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। नयाँ सरकार गठनको समयसीमा नजिकै आउँदा कांग्रेसका महिला सांसदहरुले अबको प्रधानमन्त्री पनि शेरबहादुर देउवा नै हुनुपर्ने सुझाव दिएका छन्।

काठमाडौं। नयाँ सरकार गठनको समयसीमा नजिकै आउँदा कांग्रेसका महिला सांसदहरुले अबको प्रधानमन्त्री पनि शेरबहादुर देउवा नै हुनुपर्ने सुझाव दिएका छन्।

जनतालाई कांग्रेसकै नेतृत्वमा सरकार बन्छ भनेर निर्वाचनमा गएको उल्लेख गर्दै आफूहरुले पार्टी सभापति देउवालाई दबाब दिएको सांसद रमा कोइरालाले बताइन्।

‘निर्वाचनमा कांग्रेस सबैभन्दा ठुलो दल बन्यो,’ सांसद कोइराला पौड्यालले भनिन्, ‘त्यसकारण हामीले प्रधानमन्त्री देउवालाई भेटेर यसबारे छलफल गर्‍यौं। कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्छ भनेर सभापतिलाई हामीले भनेका छौ।’

आफूहरुले गठबन्धनसँग पनि यही अनुसार छलफल अघि बढाउन आग्रहसमेत गरेको उनले बताइन्। ‘तत्कालको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ, त्यही अनुसार गठबन्धनका नेताहरुलाई कुरा गर्नुहोला भनेर हामीले सभापतिलाई भनेका छौं’, कोइरालाले भनिन्।

जवाफमा प्रधानमन्त्री देउवाले आफू पनि गठबन्धनसँग यस विषयमा विश्वस्त रहेको बताएका थिए। ‘भोलिसम्म म्याद छ। म विश्वस्त छु भनेर भन्नुभयो,’ उनले भनिन्।

यसैगरि देउवालाई प्रधानमन्त्री बनाउनका लागि कांग्रेस सांसदहरुले हस्ताक्षर पार्टीलाई बुझाइसकेको सांसद वीरबहादुर बलायरले बताए। ‘नयाँ सरकार गठनका लागि भोलि ५ बजेसम्मको लागि हो समय। यसको तयारीका लागि आएको हो। हामीले हस्ताक्षर गरिसक्यौं। पार्टीलाई बुझाइसक्यौ।‘

ठूलो दल भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने जनमत रहेको बलायरको भनाइ रह्‍यो। ‘गठबन्धनको लिगेसी रहनुपर्छ भन्ने हाम्रो भनाई हो,’ उनले भने, ‘कुनै दलले बहुमत नल्याएको अवस्थामा सबैभन्दा ठूलो दल कांग्रेस भएकोले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने सबैको चाहना छ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्