बालुवाटारमा गठबन्धन दलको बैठक सुरु

समाचार बिज
  • ख-
  • ख+

नयाँ सरकार गठन र शक्ति बाँडफाँडको विषयमा सहमति जुटाउन सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका नेताहरू सहभागी रहेका छन् ।

भोलि साँझ ५ बजेसम्म नयाँ सरकार गठनका लागि राष्ट्रपतिलाई प्रधानमन्त्रीको नाम दिनुपर्ने समय सीमा रहेको बेला सहमति जुटाउनका लागि दलहरू छलफलमा जुटेका हुन् ।  सहमति जुटाउनका लागि शनिबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्