गुणले नयाँ विमानस्थलबाट काठमाडौं–पोखरा उडान संख्या बढाउने

समाचार बिज
  • ख-
  • ख+

८ पुस, काठमाडौं । गुण एयरलाइन्सले पोखरामा नयाँ विमानस्थलबाट उडान सुरु भएसँगै उडान संख्या थप्ने भएको छ । अहिले दैनिक एक मात्र उडान गरिरहेको गुणले नयाँ विमानस्थल सञ्चालनमा आएपछि उडान संख्या दैनिक तीन वटा पुर्‍याउन लागेको गुण एयरलाइन्सका बजार प्रमुख प्रज्वल थापाले जानकारी दिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १ जनवरी २०२३ मा व्यावसायिक रुपमा सञ्चालनमा आउने छ । सोही दिनबाट आफ्ना सबै उडान नयाँ विमानस्थलमा सार्ने तयारी रहेको समेत गुणले जनाएको छ

गुण एयरलाइन्सले केही समयपछि पोखराबाट अन्तर प्रदेश उडानको समेत तयारी गरेको जनाएको छ । गुणले पोखराबाट भरतपुर, भैरहवा र नेपालगञ्जमा उडान विस्तार गर्ने भएको छ । गुणले काठमाडौबाट माउन्टेन फ्लाइट, भैरहवा, पोखरा, भरतपुर र तुम्लिङटारमा नियमित उडान गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्