
सत्ता गठबन्धनका उम्मेदवार माओवादी शीर्ष नेता वर्षमान पुन र काँग्रेस नेता अमरसिंह पुनविरुद्ध भोट माग्दै हिँडेपछि खत्रीलाई पार्टीबाट निकालिएको हो।
सत्ता गठबन्धनका बागी उम्मेदवार स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुन ’सिजल’ लाई भोट मागेपछि उपाध्यक्ष खत्रीलाई माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटीले कारबाही गरेको हो।
‘रोल्पाका आधिकारिक उम्मेदवारका विरुद्ध प्रचारप्रसार गरेको आधिकारिक प्रमाण यस प्रदेश कार्यालयमा आएकोले नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका उपाध्यक्ष कमरेड वीरबहादुर खत्रीलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।