शिखर इन्स्योरेन्सद्वारा १६.८४ प्रतिशत लाभांश दिने घोषणा

समाचार बिज
  • ख-
  • ख+

काठमाडाैं । शिखर इन्स्योरेन्सले नाफाबाट सेयरधनीहरूलाई १६.८४ लाभांश दिने घोषणा गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/ ७९ सम्मको चुक्ता पुँजीबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश गरी कुल १६.८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २८ करोड ६० लाख ८१ हजार २०० रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले उक्त लाभांश वितरण गर्न लागेको हो।

प्रस्तावित बोनस सेयर वितरणपछि कम्क्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ भन्दा धेरै पुग्नेछ। प्रस्तावित उक्त लाभांश नियामक नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्